अध्ययनका लागि जापान आएको
तिन महिना पनि नबित्दै एक नेपाली विद्यार्थीको असामयिक निधन भएको छ ।
प्राप्त जानकारी अनुसार
नुवाकोट घर भएका नेपाल थरका युवा गएराती टोकियो स्थित आफ्नै निवासमा मृत फेला
परेका हुन् ।
नुवाकोट बेलकोट गढि घर
भएका उनि करिव ३ महिना अघि मात्र जापान आएको बुझिएको नुवाकोट समाज जापानका अध्यक्ष
हरि लामिछानेले जानकारी दिनुभयो ।
टोकियो स्थित सुमिदा कुमा
आफु बस्दै आएको कोठामा नेपाल मृत भेटिएको र हाल प्रहरीले घटनाको बारेमा अनुसन्धान
गरिरहेको जानकारी दिएको अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।
नेपाल स्थित परिवारसँग
सल्लाह गरेर घटनाको बारेमा अनुसन्धान सहित शव व्यवस्थापनको बारेमा कुराकानी अगाडी
बढेको उहाँले बताउनुभयो । टोकियो प्रहरीले घटनाको बारेमा अनुसन्धान भइरहेकाले
आतइबारसम्ममा विस्तृत जानकारी दिने बताएको नुवाकोट समाज जापानका अध्यक्ष
लामिछानेले जानकारी दिनुभयो ।
मृतक नेपाल टोकियो
म्यानेजमेन्ट कलेजमा अध्ययनरत थिए ।
Comments
Post a Comment