जापानको गुन्मामा नेपालीबाट नेपालीकै हत्या

 







गुन्मा, जापान ।

जापानको गुन्मा प्रान्तमा एक नेपाली महिलाको हत्या भएको छ  । हत्या आरोप लागेका व्यक्ति पनि नेपाली पुरुष नै भएको जापानी समाचार संस्थाहरुले उल्लेख गरेका छन् । 

 

समाचारअनुसार जापानको गुम्बामा प्रान्तको इसेसाकी शहरमा ४२ वर्षीय एक महिलाको गएराति (बुधबार मध्यरात) हत्या भएको हो । हत्या गरिएकी महिलाको उमेर ४२ बर्ष भएको समाचारमा उल्लेख छ । यद्यपि उनको परिचय भने खुलाइएको छैन । 

 

हत्या आरोप लागेका व्यक्ति आचार्य थरका भएको एनचके समाचार संस्थाले उल्लेख गरेको छ । हत्या पश्चात हत्यामा प्रयोग गरिएको छुरी सहित अभियुक्त फरार रहेको गुन्मा प्रहरीले जानकारी दिएको विवरणमा उल्लेख छ । जापान समाचारलाई प्राप्त जानकारी अनुसार हत्या आरोप लागेका फरार व्यक्ति र हत्या गरिएकी महिलाको श्रीमान एउटै नेपाली रेस्टुरेन्टमा कार्यरत थिए । हत्या गरिनुको कारण भने खुल्न सकेको छैन ।

 

गुन्मा प्रहरीले स्थानीय नागरिकहरूलाई समूहमा हिड्न, तथा शंकास्पद व्यक्ति देखेमा प्रहरीलाई जानकारी गराउन अनुरोध गरेको छ । अभियुक्त पक्राउ नपरी सकेको समेत समाचारमा उल्लेख छ । यसबारेको विस्तृत विवरण प्राप्त भएपछि प्रकाशित गर्नेछौं ।

 

 

Comments