टोकियो/जापान । बिहिबार(अप्रिल २९ तारिख) फेरि अर्का एक नेपाली जिन्दगीका सारा
सपना र परिवार तथा आफन्तहरुको जिम्मेवारी चटक्कै छाडी जापानी आकासमै धुवाँ बनि उडे
!
पुर्खौली घर बाग्लुङ
जिल्लाको गल्कोट नगरपालीका ५ गिरचौर भई हाल चितवन खैरेनी नगरपालिका २ सुरतानीमा
बस्ने गरेका अर्जुन के. सीको केहिदिन अघि जापानमै निधन भएको थियो । उनको
मृत्युपश्चातको सबै कानुनी औपचारिकता पुरा गरी बिहिबार जापानमा अन्त्येष्टि गरिएको
हो ।
जापानमा कुक पेशामा
कार्यरत अर्जुन, चिबाकेनको ग्योतोकुमा बस्दै आएका थिए ।आफ्नै कोठामा मृत
भेटिएका केसी, सायद जिवनप्रतिको उदासिनमा उब्जिएको क्षणिक संवेगहरुको
नियन्त्रण गर्न नसकि मृत्युको मुखमा पुगे ।जापानका नेपाली समुदायमा पछिल्लादिन्
यस्ता प्रकृतिका घटनाहरु बढ्न थालेका छन् ।
असामयिक निधन, त्यो पनि
प्रदेशममा यो आफैँमा कति पिडादायक हुन्छ त्यो भोग्ने परिवारका जिउँदा सदस्यहरुलाई
जति त अरु कसलाई थाह होलार !
परदेशको ठाउँ हो, यहाँ दुख छ, तनाव छ अनि
आ-आफ्ना सगरमाथा जस्ता अग्ला सपना र महत्वकांक्षाहरुको भारी छ । यि सबै कुराहरुले
कहिले काहीँ अनियन्त्रित बनाउन सक्छ । तर आफ्नाहरुलाऊ सेयर गरौँ र आफ्नाहरुले पनि
सपना र चाहनाका भारी बोकाउने मात्र होईन आफ्नोपनको आभास दिलाउने गरौँ ।
परदेशी भूमीमा यस्ता दुखद घटनाहरु फेरि फेरि नघटोस् अलविदा अर्जुन !
Comments
Post a Comment