टोकियो, जापान । पुर्ख्यौली घर बाग्लुगं जिल्ला गल्कोट भई चितवन स्थायि बसोबास गर्दै आएका
अर्जुन केसीको जापानमा असामयिक निधन भएको छ । जापान चिबा स्थित ग्योतोकू बसोबास
गर्दै आएका ४० बर्षिय केसी अप्रिल २४ तारिख आफु बस्दै आएको कोठामानै मृत फेला
परेका हुन् । पारिवारिक सदस्यहरुका अनुसार केसीले आफैंले आफ्नो ज्यान लिएका हुन् । दक्ष शिपयुक्त भिषा अन्तर्गत कुक पेशामा रहेका केसीको जापानमा नै श्रीमती र एक
छोरी रहेका थिए । पोष्टमार्टम लगायत सबै प्रक्रिया
सकिएकाले केसीको जापानमा नै दाहसंस्कार गरिने भएको छ । केसीको यहि अप्रिल २९ तारिख
दिनको १:३० देखी २:३० सम्म श्रद्धाञ्जली व्यक्त सहित दाहसंस्कार गरिने भएको छ
Comments
Post a Comment