सन् २०२० अक्टुबर २ मा एनआरएनए सचिबालयको बैठकले एनआरएनए राष्ट्रिय समव्य
परिषद् जापानको साधारण सभामा सेप्टेम्बर १९ तारिखमा भएको साधारण सभामा उठाइको
प्रश्नहरुको सत्य तथ्य प्रछानबिन गरी तिबेदन तयार गर्ने र समाधान गर्न एक
उच्चस्तरीय आयोगको गठन गर्ने निर्णय गरे अनुसार सो समिति गठन भएको थियो ।
संस्थाको वित्तीय
अनियमितता र अनियमितताहरूबाट उत्पन्न समस्याहरूको स्पस्ट सत्य तथ्यको छानबिन गरी
प्रतिबेदन समेत तयार गर्ने सर्वाधिकार सम्पन समिति मिति २०२० अक्टुबर २२ मा गठन
गरी नोभेम्बर ४ मा उच्चस्तरीय छानबिन समितिलाई पूर्णता दिएर छानबिन गरिरहेको छ ।
विगत केहि समयदेखि
जापानमा कोबिडको संक्रमण एक्कासी बढ्दै गएको हुनाले जापान सरकारले संकटकाल घोसणा
गरेको अबस्थामा नेपाली समाज, समुदाय र जापानमा
बोसोबास गर्दै आएका हरेक नेपालीहरुको स्वास्थ सुरक्षा अत्यन्तै संबेदनशील र
प्रभावित भएको र छानबिन समितिको काम र प्रक्रियाहरुमा पनि गम्भीर प्रभाब पर्नुका
साथै गम्भीर र पेजिला बिषयहरुमा क्रमिक रुपमा जानकारीहरु पर्दै सत्य तथ्य बुझ्न
अझै केहि समय लाग्ने भएकाले अवधि थप गरिएको बताइएको छ ।

Comments
Post a Comment