१६ मे बाट,जापानको होक्काईदो, ओखायामा र हिरोशिमा केनमा पनि आपतकाल

 




टोकियो/जापान । जापानमा कोरोना संक्रमण झन -झन बढ्दै जाँदा, होक्काईदो, ओखायामा र हिरोशिमा केनमा पनि आपतकाल घोषणा गरिने भएको छ ।

 

शुक्रबार(आज ) बिहान, विशेषज्ञ उपसमिति तथा अन्य सरोकारवाला मन्त्रालयहरुसंगको बैठकपछि सरकार, ति क्षेत्रहरुमा कोरोना संक्रमण नियन्त्रणका कडा उपायहरु अप्नाउनुपर्ने विशेषज्ञहरुको विश्लेषणलाई मध्यनजर गर्दै यहि मे १६ तारिखबाट मे ३१ तारिखसम्मको लागि आपतकालिन् अवस्था लागुगर्ने निर्णयमा पुगेको हो । मे १६ पछि जापानमा आपतकाल लागु भएका प्रान्तहरु-टोकियो, ओसाका,ह्योगो,क्योटो,आईची, फुकुओका, होक्काईदो, ओखायामा र हिरोशिमा सहित ९ ओटा पुग्नेछन् ।

 

यस अघि, हिजो( बिहिबार) रातीसम्मको निर्णयमा भने, होक्काईदो, ओखायामा र हिरोशिमा केनमा आपतकाल लगाउन भन्दा पनि कोरोना संक्रमण प्रसार रोकथामका उपायहरु कार्यन्वयनले मात्रै नियन्त्रण गर्न सकिन्छ कि भन्नेबारे छलफल भएको थियो । तर सम्बन्धित विशेषज्ञहरुको विश्लेषण अनुसार,जति सक्दो कडा भन्दा कडा उपाय अप्नाउनुपर्ने देखिएपछि आपतकालिन् अवस्था लागु गर्नेतर्फ सरकार अघि बढेको हो ।

यस्तै गरि, सरकारले गुन्मा,ईसिखावा र कुमामोतो केनमा कोरोना संक्रमण प्रसार रोकथामका उपायहरु

जारी गर्ने भएको छ । यसको कार्यन्वयन अबधि भने मे १६ तारिखबाट अर्को महिना(जुन महिना)को १३ तारिखसम्म रहने छ ।


Comments