जापान जान कति लाग्छ खर्च
?
नेपाली कामदार जापान
जानको लागि कति खर्च लाग्छ भन्ने अझै तय भएको छैन । नेपाली कामदारले सोझै जापान
जान पाउने होइनन् । उनीहरुले भाषा परीक्षा पास गर्नुपर्छ, सीप परीक्षणमा सफल हुनुपर्छ अनि मात्रै भर्ना प्रक्रिया सुरु हुन्छ ।
भाषा परीक्षा, सीप परीक्षण, भर्ना प्रक्रिया जस्ता विषयको टुंगो दुबै देशको
संयुक्त समितिले निर्धारण गर्ने भनिएको छ । यस्तो कार्यको टुंगो नलागेकोले कति
खर्च लाग्छ भन्ने यकिन अझै नभएको श्रम, रोजगार तथा सामाजिक
सुरक्षा मन्त्रालयको बैदेशिक रोजगार व्यवस्थापन शाखाका प्रमुख दीपक ढकालले बताए ।
भाषा परीक्षा, सीप परीक्षण र भर्ना प्रक्रिया जस्ता विषयको टुंगो नलागेकोले जापान जान लाग्ने
खर्च पनि अहिले यकिन नभएको उनको भनाइ छ । तर, नेपाली कामदारले जान
जानको लागि ज्यादै न्यून शुल्क तिर्नुपर्ने उनले बताए ।
‘नेपाली कामदारले जापान
जानको लागि धेरै पैसा तिर्नु नै पर्दैन, कामदारले भाषा परीक्षा, सीप परीक्षण र हवाइ भाडाको लागि पैसा तिर्ने हो, अरु खर्च लाग्दैन, त्यसैले एकदमै न्यूनतम लागतमा जापान जान पाइन्छ,’ ढकालले शिलापत्रसँग भने ।
यस्तो खर्च पारदर्शी
बनाइने पनि उनले जानकारी दिए । नेपाल र जापानको संयुक्त समितिले भाषा परीक्षा, भर्ना प्रक्रिया र सीप परीक्षणको मोडालिटी तय गर्ने वित्तिकै कति खर्च लाग्छ
भन्ने जानकारी प्राप्त हुने सरकारी अधिकारीहरुको भनाइ छ ।
चैत ११ गते नेपाल सरकारको
तर्फबाट निमित्त श्रम सचिव रामप्रसाद घिमिरे र जापान सरकारको तर्फबाट जापानी
राजदुत मासामिची साइगोले नेपाली कामदार जापान पठाउने सम्बन्धी सम्झौतामा हस्ताक्षर
गरे ।
दुई देशका सरकारबीच
सम्झौता भएर नेपाली कामदार जापान लैजाने विषयमा भएको यो सम्झौताले कामको खोजिमा
भौतारिएका नेपालीलाई केही सुखद सन्देश प्रवाह गर्यो । जापान जस्तो विकसित देशमा
वर्किङ भिषामा जान पाइने भनिएपछि उत्साह बढ्नु स्वभाविक जस्तो पनि थियो ।
जापान जान कति लाग्छ खर्च
?
नेपाली कामदार जापान
जानको लागि कति खर्च लाग्छ भन्ने अझै तय भएको छैन । नेपाली कामदारले सोझै जापान
जान पाउने होइनन् । उनीहरुले भाषा परीक्षा पास गर्नुपर्छ, सीप परीक्षणमा
सफल हुनुपर्छ अनि मात्रै भर्ना प्रक्रिया सुरु हुन्छ ।
भाषा परीक्षा, सीप परीक्षण, भर्ना प्रक्रिया
जस्ता विषयको टुंगो दुबै देशको संयुक्त समितिले निर्धारण गर्ने भनिएको छ । यस्तो
कार्यको टुंगो नलागेकोले कति खर्च लाग्छ भन्ने यकिन अझै नभएको श्रम, रोजगार तथा
सामाजिक सुरक्षा मन्त्रालयको बैदेशिक रोजगार व्यवस्थापन शाखाका प्रमुख दीपक ढकालले
बताए ।
भाषा परीक्षा, सीप परीक्षण र
भर्ना प्रक्रिया जस्ता विषयको टुंगो नलागेकोले जापान जान लाग्ने खर्च पनि अहिले
यकिन नभएको उनको भनाइ छ । तर, नेपाली कामदारले जान जानको लागि ज्यादै न्यून
शुल्क तिर्नुपर्ने उनले बताए ।
‘नेपाली कामदारले जापान
जानको लागि धेरै पैसा तिर्नु नै पर्दैन, कामदारले भाषा परीक्षा, सीप परीक्षण र
हवाइ भाडाको लागि पैसा तिर्ने हो, अरु खर्च लाग्दैन, त्यसैले एकदमै
न्यूनतम लागतमा जापान जान पाइन्छ,’ ढकालले शिलापत्रसँग भने ।
यस्तो खर्च पारदर्शी
बनाइने पनि उनले जानकारी दिए । नेपाल र जापानको संयुक्त समितिले भाषा परीक्षा, भर्ना प्रक्रिया
र सीप परीक्षणको मोडालिटी तय गर्ने वित्तिकै कति खर्च लाग्छ भन्ने जानकारी प्राप्त
हुने सरकारी अधिकारीहरुको भनाइ छ ।
कति हुन्छ कमाइ ?
जापान सरकारले दक्ष
कामदार लिन लागेको हो । उसले कुनै पनि सीप नभएका कामदार लिने होइन । त्यसैले
तुलनात्मक रुपमा बढी तलब पाइने त भयो नै ।
यो सम्झौताको अर्काे
विशेषता पनि छ । जापान सरकारले आफ्ना नागरिक र विदेशी नागरिकलाई समान तलब भत्ता
दिने गरेकोले नेपालीको कमाइ धेरै हुने ढकालले बताए ।
‘विभिन्न १४ क्षेत्रको
लागि दक्ष जनशक्ति दिने भनिएको छ, यो क्षेत्रमा काम गर्दा जापानी नागरिकले जति
तलब भत्ता पाउँछन्, नेपालीले पनि त्यति नै पाउने हो, त्यसैले अहिले
नेपाली कामदारले अन्य देशमा गएर पाउँदै आएको तलवभत्ता भन्दा निकै बढी हुन्छ,’ ढकालले भने ।
तलबभत्ताको अतिरिक्त
नेपाली कामदारले जापानमा बीमा लगायतका सुविधा पनि पाउने छन् । जापानी नागरिकले
पाउने सबै प्रकारका सुविधा समान रुपमा पाउने भएकोले नेपाली कामदारको कमाइ धेरै
हुने सरकारी अधिकारीहरुको भनाइ छ ।
जापानले दुई बर्गका
कामदार नेपालबाट लिन चाहेको छ । पहिलो बर्गमा सम्बन्धित काममा सीप भएको दक्ष
कामदार छन् । यस्ता कामदारले जापानमा काम गर्नको लागि ५ बर्षे वर्किङ भिषा पाउने
छन् ।
दोस्रो बर्गमा उच्च तहको
सीप भएका कामदारलाई राखिएको छ । यो बर्गका कामदारले ५ बर्षभन्दा बढी समय जापानमा
रहेर काम गर्न पनि पाउने व्यवस्था छ । यो बर्गका कामदारले आफ्नो परिवार पनि जापान
लैजान पाउने सुविधा प्रदान गरिने जापानी अधिकारीहरुले बताएका ढकालले जानकारी दिए ।
यी दुबै बर्गका कामदारलाई
समान व्यवहार गर्ने जापानको कानुनी व्यवस्था छ । कामदारको दक्षता अनुरुप सेवा
सुविधा प्रदान गरिने जापानी अधिकारीहरुले नेपाल सरकारलाई जानकारी गराएका छन् ।
‘जापानी र नेपाली
कामदारको सेवा सुविधा बराबर नै हो, कुनै कारणवस कामदारको मृत्यू भएमा हजार
दिनसम्मको तलब भत्ता पाइने व्यवस्था जापानको श्रम कानुनमा छ, त्यसैले कति
कमाइएला भनेर चिन्ता लिनु पर्दैन, राम्रो कमाइ हुन्छ,’ बैदेशिक रोजगार
व्यवस्थापन शाखाका प्रमुख ढकालले भने ।

Comments
Post a Comment