नेपाल-जापान हवाई उडान कहिले खुल्छ त ? हेर्नुहाेस् सम्पुर्ण जानकारी

 




नेपाल र जापानबिच स्थगित हवाई उडान अझै दुई साता ठप्प हुने देखिएको छ ।

नेपाल सरकारले गरेको नयाँ निर्णय अनुसार अन्तर्राष्ट्रिय नियमित उडान जेठ १७ गते अर्थात् मे ३० सम्म बन्द हुने भएको छ । अन्तर्राष्ट्रिय नियमित उडानमा रोक लगाएपछि नेपाल जापान हवाई उडानपनि जेठ १७ सम्मनै बन्द हुने भएको

तर ईण्डिया तर्फको उडान भने सातामा एकदिन हुने भएको छ । जहाँ विश्वमै सबैभन्दा धेरै कोरोना भाइरस संक्रमण फैलिएको छ त्यहिँ नियमित उडान गर्ने सरकारको निर्णयको चौतर्फी आलोचना भइरहेको छ ।

मंगलबार पर्यटन मन्त्रालयमा भएको छलफलमा जेठ १७ गतेसम्म बन्द गर्ने निर्णय भएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताएका हुन् ।

उनका अनुसार यो अवधिमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीले अत्यावश्यक चार्टर र कार्गो उडान भने गर्न पाउने छन् ।

यसको अर्थ जापान र नेपाल बिचको सिधा हवाई उडान स्थगित भएपनि चार्टड उडान भने हुनसक्नेछ । तर हालसम्म कुनैपनि चार्टड उडानको जानकारी वा सूचना बाहिर आएको छैन ।

मात्र तीन दिनको समय राखेर नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपछि नेपाल नियमित काम वा काम विशेषले गएका नेपालीहरु हाल उडान नहुँदा नेपालमै रोकिएका छन् । यसैगरि जापानबाट नेपाल जाने तयारीमा रहेका सयौं व्यक्ति जापानमै रोकिएका छन् ।


Comments