प्रकाशित मिति : मङ्लबार, बैशाख २८, २०७८
खानागावा/जापान । जापानको
मुख्य/मुख्य सहरहरुमा कार्यरत हरेक मानिसहरु दैनिक कार्यलय जाने तथा घर फर्किने
समयमा सार्वजनिक सवारी साधन( ट्रेन/बस)मा हुने भिडभाडबाट आजित हुने गर्दछन् ।
अझ कोरोना संक्रमणको यो
महामारीमा अफिस आवरमा ट्रेन चढ्नुपर्दा,संक्रमित हुने उच्च जोखिम
समेत रहेको छ । किनकि जापानमा आपतकालिन् अवस्था घोषणा गरिएता पनि सार्वजनिक सवारी
साधनहरुमा भिडभाड खासै घट्न सकेको छैन ।
टोकियो, खानागावा, चिबा, ओसाका, फुकुओका, ओसाका जस्ता प्रान्तहरुको मुख्य/मुख्य सहरहरुमा
हुने अत्यधिक सवारी चापलाई मध्येनजर गर्दै अव रेल/वस सेवाका अलवा रोपवेको विकल्प
खोजिन थालिएको छ । यदि हालका ट्रेन/तथा पस रुटका अलवा रोपवे विस्तार भएमा
सार्वजनिक सवारी साधनमा हाल कायम चाप केहि मत्थर हुने अपेक्षा गरिएको छ ।
एक कम्पनीले विद्युतिय
रोपवे ‘जिप्पर’बारे सरोकारवाला निकाय समक्ष एक प्रस्ताव प्रस्तुत गरेको छ । एउटा
कारमा १२ जनासम्म बोक्न सक्ने यस्ता ‘जिप्पर’ संचालनमा आए, सार्वजनिक आवाजजावतमा केहि भिडभाड कम हुने अपेक्षा गरिएको छ ।
ज़िप इन्फ़्रास्ट्रक्चर
कम्पनीका अध्यक्ष ताकामासाका अनुसार हाल खानागावा प्रान्तको ओदावारामा परिक्षण
गरिएको छ । यो प्रणालीलाई सन २०२५ सम्ममा कार्यन्वयन गराउने योजना रहेको छ । यदि
यो स्विकृत भए केहि सार्वजनिक यात्रामा केहि खुकुलोपना महशुस हुनेछ ।

Comments
Post a Comment