फुकुओका, जापान ।
कोभिड-१९ संक्रमण
बृद्धिका कारण घोषित आपतकाल आईची र फुकुओका प्रान्तमा मे १२ अर्थात् आजबाट सुरु
भएको छ । आपतकाल मे महिनाको ३१ तारिखसम्म लागू हुनेछ ।
संक्रमणको स्थितिमा कुनै
उल्लेखनीय सुधार नआएका कारण तथा टेलिवर्कलाई बढावा दिन र मानिसहरुको बाहिरि
वहावलाई कम गर्न आपतकाल विस्तार गरिएको सरकारले बताएको छ ।
टोकियो, ओसाका, ह्योगो र
क्योतोमा विस्तार र १२ तारिखबाट आइची र फुकुओका प्रान्त थप गरी जापानमा आपतकाल
लागू भएको प्रान्तको संख्या ६ पुगेको छ ।
यसैगरि अर्ध आपतकालिन
अवस्थाको रुपमा चिनिएको प्रसार रोकथाम जस्ता प्राथमिकता उपायहरू होक्काईदो, गिफु र मिए
प्रान्तमा विस्तार गर्दै ८ प्रान्त पुर्याईएको छ । यहाँ पनि प्राथमिकताका उपायहरु
मे ३१ सम्मनै लागू हुनेछ ।
जापानमा पछिल्लो कोरोना
भाइरस संक्रमण तथ्यांक अनुसार मे ११ तारिखमा ६२ सय ४२ पुष्टि हुँदा टोकियो ९२५, ओसाका ९७४ पुष्टि
भएको छ । ओसाकामा ११ तारिखनै अहिलेसम्मकै सर्वाधिक ५५ जनाले एकैदिन ज्यान गुमाएको
रेकर्ड दर्ता भएको छ ।
संक्रमणको स्थितिमा कुनै उल्लेखनीय सुधार नभएको अवस्थामा १० तारिख राष्ट्रिय गभर्नर
एसोसिएसनको बैठकमा
देशभरि नै आपतकालिन अवस्था घोषणा गर्नका लागि आह्वान गरिएको छ । नागासाकी र
कुमामोतोले नयाँ प्राथमिकताका उपायहरू थप गरेका छन् । अन्य कयौं प्रान्तहरुले अर्ध
आपतकालिन उपायधको लागि अनुरोध र धेरै अन्य प्रान्तहरू अनुरोध विचार गर्ने तयारीमा
रहेको बताईएको छ ।
सरकारले आपतकालिन अवस्था
घोषणा राष्ट्रव्यापी रूपमा फैलाउने अवस्थामा छैन, तर संक्रमित व्यक्तिको
संख्या बढिरहेको क्षेत्रहरूमा संक्रमण अवस्था र बेड अवस्थाको विश्लेषण गरेर आवश्यक
भएमा प्राथमिकताका उपायहरू लागू गर्ने नीति रहेको बताएको छ ।

Comments
Post a Comment