टोकियो, जापान ।
जापानको स्वास्थ्य मन्त्रालयले
केही त्यस्ता व्यक्तिहरु जसले जापान प्रवेशपछि क्वारिन्टिन नियम उल्लंघन गरेका छन्
तिनिहरुको नाम सार्वजनिक गर्ने तयारी गरेको छ ।
मन्त्रालयका अनुसार
बिदेशबाट आएर १४ दिनको क्वारिन्टिन नियम पालना नगर्नेहरुको नाम सार्वजनिक गर्न
लागिएको हो । प्रतिबद्धता बिपरित स्मार्टफोन एप तथा अन्य माध्यमबाट उनिहरुले
नियमित जानकारी गराउनुपर्ने विवरण नदिएका तथा नियम उल्लंघन गरेको पाइएकाहरुको नाम
सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार करिव
१०० जना यस्ता नियमानुसार जानकारी नगराउने वा उल्लंघन गर्नेहरुको विवरण पहिलो
चरणमा सार्वजनिक गर्न लागिएको छ । अधिकारीहरुले त्यस्ता नियम उल्लंघन गर्ने
दोसीहरुको नाम अनलाईनमा सार्वजनिक गर्ने तयारी गरेका छन् । जुन विवरण सबैले हेर्न
सक्नेछन् ।
मन्त्रालयले
अधिकारीहरुलाई नियम पालना नगर्नेहरुको नाम सार्वजनिक गर्न अधिकार प्रत्यायोजन
गरेको छ । सोही अनुसार अधिकारीहरुले प्रतिबद्धता जनाएर नियमित जानकारी उपलब्ध
नगराउने तथा उल्लंघनगर्नेहरुको नाम अनलाईनमा राख्न तयार पारेको हो ।
अधिकारीहरुले हालसम्म
यसरी नाम सार्वजनिक हुँदा व्यक्ति आलोचनाको शिकार वा अपमान नहोउन् भनेर रोकेपनि
उल्लंघनकर्ताहरु बढेकाले बाध्य भएर नाम सार्वजनिक गर्न लागेको बताएका छन् ।
विश्वभर फैलिरहेको अनेक
प्रकारका संक्रामक भाइरस नियन्त्रणको लागि मन्त्रालयले नयाँ तथा थप कडा कदम चाल्ने
योजना बनाइरहेको छ । मन्त्रालयले केही त्यस्ता व्यक्तिहरुको नाम पनि विशेष
सार्वजनिक गर्दैछन् जो जापान प्रवेशपछि १४ दिन नियमित आफ्नो स्वास्थ्य अवस्थाबारे
जानकारी गराउनुपर्नेमा सम्पर्क बाहिर रहेर बेखवर भएका छन् ।
नियम उल्लंघन गर्ने कति
जनाको नाम आउला ?
पछिल्लो समय जापानको
स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस रोकथामका लागि सिमा नियन्त्रण उपायहरु कडा
बनाउँदै नेपाल सहित करिव एक दर्जन एशियाली देशबाट जापान प्रवेशमा रोक लगाएको छ ।
विश्वभरबाट आउने
यात्रुलाई बिमानस्थलमा नै अनिवार्य नियम पालना गर्ने प्रतिबद्धतामा हस्ताक्षर
गराएर मात्र प्रवेश दिइरहेको जापानले नियम उल्लंघन गरे देश निकाला गर्नेसम्मको
नियम लागू गराएको छ ।
सोही अनुसार स्वास्थ्य, श्रम तथा कल्याण
मन्त्रालयले पहिलो चरणमा चेतावनी पूर्वक जापान प्रवेशपछि १४ दिनको क्वारिन्टिन
नियम नमान्ने लगभग १०० जनाको नाम केहीदिन भित्रै सार्वजनिक गर्न लागेको जनाएको हो
।
नेपालबाट पछिल्लो पटकका
एकै उडानमा दर्जनौं व्यक्तिमा कोरोना संक्रमण पाइएको थियो । त्यसबाहेक जापान
प्रवेशको हप्तादिनपछि समेत कयौं व्यक्तिमा संक्रामक भाइरस संक्रमण फेला परेको
समाचार सार्वजनिक भएको छ ।
यस बाहेक १४ दिन
क्वारिन्टि बस्नुपर्ने समयमा काममा जाने, नीजि कार्यालय वा
रेष्टुरेण्ट भएकाहरु पुगेको तथा बजार तथा भेटघाटमा समेत जाने गरेको नेपाली
समुदायमा पाइएको छ ।
यस आधारमा पनि जापान
सरकारले सार्वजनिक गर्न लागेको क्वारिन्टिन नियम नमान्ने १०० जनाको सूचिमा कम्तिमा
एक दर्जन नेपाली पर्ने अनुमान गरिएको छ ।

Comments
Post a Comment