जेठ ४, काठमाडौं । निषेधाज्ञापछि आज सबैभन्दा धेरै अन्तर्राष्ट्रिय उडान हुँदैछन्।
त्रिभुवन विमानस्थलका अनुसार कार्गो र यात्रुवाहक चार्टर्ड उडानसहित ११ उडान
हुँदैछन्।
मंगलबार सबैभन्दा धेरै
उडान हिमालय एयरलाइन्सले गर्दैछ। बिहानै चीनको कुनमिङबाट आएको हिमालय एयरलाइन्सको
जहाजले साउदी अरबको दमाममा ३ उडान गर्दैछ। त्योसँगै चीनको कुनमिङमै थप दुई उडान
गर्नेछ।
त्यसैगरी नेपाल
एयरलाइन्सले पनि ४ उडान गर्दै छ। दुई उडान चीनको बेइजिङमा र दुई उडान साउदी अरबको
दमाममा गर्दैछ। हिमालय र नेपाल एयरलाइन्सले काठमाडौंबाट साउदी अरबमा भारतीय नागरिक
बोकेर जान लागेका हुन्।
नेपालस्थित भारतीय
दूतावासको अनुरोधमा नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्स र नेपाल
एयरलाइन्सलाई १० वटा चार्टर्ड उडान अनुमति दिएको छ। जसले नेपालमा रहेका करिब २
हजार भारतीयलाई साउदी अरब लैजानेछन्। हिमालयले ३ उडान अनुमति पाएको छ भने नेपाल
एयरलाइन्सले ७ वटा उडान अनुमति पाएको छ।
त्यसबाहेक आजै रसियन
एयरलाइन्सले मस्को–काठमाडौं उडान गरी रसियन नागरिक काठमाडौंबाट लगेको छ।

Comments
Post a Comment