अमेरिका मा एक जना जापानी व्यवसायीको गोली हानी हत्या

 





लसएन्जेलस/अमेरिका।अमेरिकाको मेक्सिकोमा रामेन पसल संचालन गर्ने एक जापानी नागरिकको गोली हानी हत्या भएको छ। त्यहाँको स्थानीय संचार माध्यमहरुले जनाए अनुसार लुटपाटको उदेश्ले हत्या भएको हुनसक्छ ।

क्योदो न्युजलाई उद्रित गर्दै जापान टुडेले लेखे अनुसार ति हत्या भएको जापानी नागरिकको नाम तारो योशिदा रहेको विश्वास गरिएको छ । उनलाई मेक्सिकोको उत्तरपश्चिम क्षेत्रमा रहेको टिजुवानामा रहेको रामेन पसलमा मृत भेटिएको हो । उनको सहकर्मीले बिहिबार बिहान पसलको सेक्युरिटी क्यामेरा फुटाईएको तथा ढोका आधा खोलिएको अवस्थामा गोली लागि मृत अवस्थामा भेटेका थिए ।

रिपोर्टका अनुसार, योशिदाको टाउको र छातीमा गोली लागेको थियो । उनको पसलबाट करिब १ लाख जापानी येन जति लगिएको अनुमान गरिएको छ । स्थानीय रिपोर्टर तथा उनको पसलको फेसबुकका अनुसार उनलले २ ओटा रामेन पसल चलाउँदै आएका थिए ।

 


Comments