टोकियो, जापान ।
प्रसूति रोग विशेषज्ञ तथा स्त्री रोग विशेषज्ञहरूको
समुहका अनुसार टोकियोमा कोरोना भाइरसबाट २ सय भन्दा धेरै गर्भावस्थाका महिलाहरु
संक्रमित भएका छन् ।
गत बर्ष महामारी सुरुभए यता हालसम्म २३१ जना गर्भवती
महिलाहरुमा कोरोना संक्रमण भएको पुष्टि गरिएको छ । यद्यपि गर्भवती महिला संक्रमित
हुने सम्भावना सामान्य व्यक्तिको तुलनामा कम रहेको बताइएको छ । यसमा केही असर भने
परेको छ, जस्तो कि गर्भावस्थामा निर्धारित नियमित मेडिकल जाँच प्राप्त गर्न असमर्थ हुने
गरेका छन् ।
जापान ओब्स्टेट्रिसिआनस् एण्ड गाइनोकोलोजिस्ट
एसोसिएशन जुन प्रसूति रोग विशेषज्ञ तथा स्त्री रोग विशेषज्ञहरू मिलेर बनेको यसले
टोकियोबाट प्राप्त तथ्यांकको आधारमा गत बर्षमा गर्भवती महिलाहरूको संक्रमण
स्थितिको विश्लेषण गरेको हो ।
यस संस्थाका अनुसार, टोकियोमा २३१ गर्भवती महिलाहरू थिए
जसलाई नयाँ कोरोना भाइरस संक्रमण पुष्टि गरिएको छ ।
टोकियोमा संक्रमित भएको पुष्टि गरिएको कुल जनसंख्यामा
गर्भवती महिलाको अनुपात ०.१९ प्रतिशत हो । जुन टोकियोमा कुल जनसंख्यामा गर्भवती
महिलाको अनुपातको एक तिहाइ भन्दा कम हो, र गर्भवती महिला संक्रमित हुने सम्भावना भन्दा कम भएको छ ।
सोसाइटीका अधिकारीहरुले धेरै गर्भवती महिलाहरूले
सर्वसाधारणहरु जस्तो बाहिर नजाने, भेटघाट तथा यात्रामा नजाने भएका कारण संक्रमणको जोखिमबाट धेरै टाढा भएका छन् ।
संक्रमण मार्गको सम्बन्धमा, राष्ट्रव्यापी १४०० भन्दा बढी
प्रसूति चिकित्सकहरूको सहयोगमा गरिएको तथ्यांक विश्लेषणमा ५६.९ प्रतिशत संक्रमण
घरेलु रहेका छन् ।
यदि एक गर्भवती महिला संक्रमित हुन्छ वा निकट सम्पर्क
हुन्छ भने उसले निर्धारित प्रसूति चिकित्सा परीक्षण प्राप्त गर्न असमर्थ हुने
गर्दछन् ।
निप्पोन मेडिकल स्कूल तामा नागायामा अस्पतालका
निर्देशक आकिहितो नाकाईले भने 'मलाई लाग्छ कोही मानिसहरू चिन्तित हुन सक्छन कि उनीहरूले गर्भवती महिलाको लागि
मेडिकल जाँच नपाउन सक्छन् । एक प्रसूति रोग विशेषज्ञ र स्त्री रोग विशेषज्ञको
रूपमा, म जानकारी प्रदान गर्न र प्रणाली निर्माणमा काम गर्न चाहन्छु ताकि गर्भवती
महिलाहरूले मानसिक शान्तिका साथ बच्चा जन्माउन सकुन् ।'
एक गर्भावस्थाकी महिला जसले प्रसूति चिकित्सा परीक्षण
स्थगित गर्नुपर्यो, किनभने उनको परिवारमा उनि गर्भावस्थामा रहेको समयमा कोरोना संक्रमित भए र उनको
नजिकको सम्पर्क भयो ।
महिलाहरुलाई गर्भावस्थाको जोखिम थियो, तर उनीसँग तोकिएको समय
पर्खनु भन्दा अर्को विकल्प थिएन ।

Comments
Post a Comment