जापानकाे ओलम्पिक मशाल दौडमा नेपालका कान्छा लामा भए सहभागी









नेपालका कान्छा लामा ओलम्पिक मशाल दौडमा सहभागी

सागा।

 

नेपाली युवा कान्छा लामा २०२० टोकियो ओलम्पिकको मशाल दौडमा सहभागी हुनुभएको छ ।

 

जापानको सागा प्रान्त काराकाचु शहरमा व्यावसायिक कृषि पेशा गर्दै आउनुभएका लामाले मे ९ तारिखमा शहरमा आयोजित मशाल दौडमा सहभागी हुनुभएको हो ।लामाले करिव एक किलोमिटर टोकियो ओलम्पिकको मशाल बोकेर दौड गर्नु भएको थियो । यहाँको राष्ट्रिय सार्वजनिक संचार माध्यम एनएचकेले समेट प्रत्यक्ष प्रशारण गरेको ओलम्पिकमा सहभागी भएपछि लामाले आफुले ओलम्पिक मशाल बोकेर दौडमा सहभागी हुन पाएकोमा धेरै भाग्यमानी ठानेको बताउँदै सबैमा धन्यवाद व्यक्त गर्नुभएको छ ।

 

विश्वभर नै जीवनमा राष्ट्रिय स्तरको योगदान दिएका तथा चर्चीत र लोकप्रिय व्यक्तिहरुले मात्र अवसर पाउने मशाल दौडमा यस पटक सहभागी हुन पाउने लामा एकमात्र नेपाली हुनुहुन्छ ।सन् २००७ मा अध्ययनको लागि जापान आउनुभएका ३७ बर्षिय लामा हाल प्रान्तमा नै जापानी महिलासँग विवाह गरि बस्दै आउनुभएको छ ।गोलभेंडा लगायत कृषि खेती गर्दै आउनुभएका लामाले गत महिना जापानको राष्ट्रिय कृषि मन्त्री पुरस्कार जीत्नुभएको थियो ।

 


Comments