गल्कोट हटिया घर भएकी
सोनु श्रेष्ठको नाकानोस्थित एक अस्पातलमा उपचारको क्रममा निधन भएको हो ।
एक हप्ता अघि सो अस्पातल
उपचारका लागि पुगेकी श्रेष्ठ फर्कदा अस्पतलको गेटमा वेहोस् भएपछि पूनः भर्ना
गरिएको थियो । एक हप्ताको उपचार पश्चात उनलाई हस्पिटलले मृत घोषणा गरेको हो ।
मृतक श्रेष्ठको
अन्त्यष्ठी यही शनिवार दिउँसो २ः३० मा सिनागावा स्थित निसी गोतान्दामा गरिने भएको
छ ।
यसै साता मात्र पोखराका
२८ वर्षीय राजु केसी राती सुतिरहेकै अवस्थामा निधन भएको थियो । सन् २०१४ मा जापान
प्रवेश गरेका केसी टोकियो युनिभर्सिटी अफ सोसियल वेलफेर जापानीज स्कुलमा २ वर्ष
अध्ययन सकी सनसाईन सेन्मोन गाक्कोउमा २ वर्षे अध्ययन पश्चात कम्पनीमा काम सुरु
गरेका राजु साथीहरुसंग एउटै कम्पनीबाट रोजगारी भिसा हासिल गरेको खुशीयालीमा रमाईलो
गरी खानपिन गरी राजु सकुशल सुतेको भएपनि विहान मृत भेटिएका थिए । उनको शब नेपाल
पठाउनका लागि विभिन्न संस्था तथा व्यक्तिहरुको पहलमा आर्थिक संकलन अभियान समेत
सूचारु छ ।

Comments
Post a Comment