जापानका एक बालकले ९ वर्षकै उमेरमा विश्वविद्यालय तहको गणित परिक्षा पास , सबैभन्दा कम उमेरमा गणितमा उत्कृष्ट
टोकियो/जापान । जापानका
एक ९ वर्षिय बालकले विश्विद्यालय तहको गणित परिक्षा उतिर्ण गरेका छन् । यो तहको
परिक्षा उर्तिण गरेसंगै उनि सबैभन्दा कम उमेरमा विश्वविद्यालय तहको उक्त परिक्षा
उतिर्ण गर्ने पहिलो व्यक्ति बन्न सफल भएका छन् ।
ह्योगो प्रान्तको
निशिनोमियाका शोगो आन्दो नाम गरेका ४ कक्षामा अध्यायनरत विद्यार्थीले म्याथमेटिक्स
सर्टिफिकेसन इन्स्टीट्यट अफ जापान(गणित विषयको अध्यायन अनुसन्धान तथा प्रमाणिकरण
गर्ने शैक्षिक संस्था)ले गत वर्षको अक्टोबरमा लिएको परिक्षा उतिर्ण गर्दै उक्त
रेकर्ड बनाउन सफल भएका हुन् ।
यस अघि उक्त रेकर्ड
हिरोतो ताकाहासीले ११ वर्षको उमेरमा बनाएका थिए । एन्दोले उक्त सुकेन परिक्षाको
लागि ७ वर्षको उमेर देखि अध्ययन थालेका थिए । आन्दो आफ्नो गणितको तिक्ष क्षमताल्
विश्वलाई लाभान्वित बनाउन चाहन्छन् खासगरि, ग्लोवल वार्मिङ रोक्ने
कार्यमा योगदान दिन चाहन्छन् ।
जापानमा गणितको यस्को
परिक्षा १४ ओटा तहहरु छन् । आन्दोले सबैन्दा उपल्लो यानेकि सुकेन १ तह उतिर्ण
गरेका हुन् । यि विभिन्न तहका परिक्षाहरुमा हरेक वर्ष ३ लाख ५० हजार भन्दा धेरै
मानिसहरु सहभागी हुने गर्दछन् ।

Comments
Post a Comment