जापानको टोकियोमा पनि अहिले ईन्डियामा माहमारीको रुपमा फैलिईरहेको नयाँ प्रकारको भेटियो कोरोना

 



टोकियो/जापान। जापानको टोकियोमा ईन्डियन म्युटेन्ट भाईरस (अहिले ईन्डियामा माहमारीको रुपमा फैलिईरहेको नयाँ प्रकारको ) का बिरामी पुष्टि भएको छ ।

बिहिबार टोकियो महानगरको कोरोना मनिटरिङ बैठकमा जानकारी गराईए अनुसार टोकियोमा ५ जनामा उहि प्रकारको कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । अप्रिल ३० देखि थालिएको मनिटरिङ परिक्षणमा ६ तारिखसम्ममा ५ जनामा उक्त प्रजातीको भाईरस देखिएको हो । विज्ञहरुका अनुसार यो म्युटेन्ट कोरोना भाईरस विगतका तुलनामा अत्यन्तै छिटो, प्रसार हुनेगर्दछन् भने, यो निकै नै कडा प्रकृतीको पनि छ, जस्ले भारतमा दैनिक लाखौँ मानिसलाई संक्रमण गरिरहेको छ भने, हज्जारौँको निधन भईरहेको छ ।

यो संगै टोकियोमा,अर्को अत्यन्तै छिटो सर्ने N501Y प्रजातीको कोरोनाको संक्रमण बढ्दै गएको छ । मनिटरिङ बैठकमा बताईए अनुसार अहिले टोकियोमा पछिल्ला दिनहरुमा पुष्टि भएका मध्ये झण्डै ६८ प्रतिशतमा यस किसिमको भाईरसको संक्रमण देखिएको छ । यदि तत्काल नियन्त्रणका थप प्रभावकारी उपायहरु कार्यन्वयनमा ल्याउन नसके, अवस्था नसोचेको मोडमा पुग्नसक्ने चिन्ता थपिदिएको छ ।


Comments