होक्काईदो /जापान । कोरोना संक्रमण अत्याधिक बढेपछि जापानको होक्काईदोमा
चिकित्सा आपतकालिन् अवस्थाको घोषणा गरिएको छ ।
होक्काईदो तथा साप्पोरो
सहरमा दैनिक संक्रमितको बढ्दो संख्यासंगै गम्भीर प्रकृतिका बिरामीहरुको संख्यामा
पनि उल्लेख्य वृद्दी भएकाले ति सहरका अस्पतालहरुमा तत्काल बिरामीहरुलाई भर्ना
गराउन सक्ने अवस्था नरहेको स्थानीय सरकारलाई उद्रित गर्दै समाचारहरु प्रकाशन भएका
छन् ।
अधिकांस अस्पत्तालका
शैय्याहरु भरिभराउ छन् भने बिरामीहरु दिनुहुँ थप्पिईरहेका छन् । जसको परिणाम
स्वरुप कोभिड संक्रमण पुष्टि भएकाहरु पनि घरमै बसी हस्पिटलको पालो कुर्नुपर्ने
अवस्थाको सिर्जना भएको छ । यसरी अस्पत्तालमा तत्काल भर्ना हुन नपाउँदा, कतिपय
व्यक्तिहरुको उपचार बिनै मृत्यु हुने गरेको छ ।
आज ( ५ तारिख ) चिकित्सा
आपतकालिन् अवस्था जारी गरेको होक्काईदो र साप्पोरो सहरमा, मानिसहरुलाई
कोरोना संक्रमणबाट बच्न उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ भने स्वास्थ्य
क्षेत्रको सेवा विस्तारका लालि विशेष पहल गरिने भएको छ ।

Comments
Post a Comment