यस कारण , काम गर्ने मानिसहरुले सर्वाधिक रुचाएको छैठौ देश बन्यो जापान

 




टोकियो, जापान ।

गत वर्ष जापान बसाई सर्न चाहने विदेशीहरुका लागि विश्वमा सबैभन्दा लोकप्रिय दोस्रो गन्तव्यका रुपमा रहेको थियो । अधिकांश मानिसहरुले आफ्नो कामलाई जापानमा सार्न चाहेको हालै भएको अर्को विश्वव्यापी सर्वेक्षणले देखाएको छ ।

सर्वेक्षणको नतिजा अचम्भित पार्ने खालको छैन । अध्ययन बोष्टन कन्सल्टिङ ग्रुप र द नेटवर्कले गरेको हो । विश्वभरबाट २ लाख जना सहभागी रहेको यस सर्वेक्षणमा कामका लागि कुन देशमा बसाइ सरेर जाने इच्छा छ भनेर प्रश्न सोधिएको थियो ।

जापान शीर्ष १० भित्र छैठौं स्थानमा परेको छ । सन् २०१८ मा गरिएको यस्तो अध्ययनको तुलनामा यो ४ स्थान माथि हो । सूचीको शीर्ष पाँच स्थानमा क्यानडा, अमेरिका, अष्ट्रेलिया, जर्मनी र बेलायत क्रमशः रहेका छन् । मानिसहरुको मस्तिष्कमा जापान मात्रै छैन ।

काम गर्नका लागि सर्वाधिक मन पराइएको शहरको सूचिमा भने टोकियो रहेको छ । अघिल्लो अध्ययनमा टोकियो दशौं स्थानमा रहेको थियो । टोकियो लन्डन, आर्मस्टर्डम, दुबई, बर्लिन र आबु धाबी पछाडि रहेको छ । कोरोना भाइरसको महामारीको प्रभाव तुलनात्मक रुपमा कम देखिएको देशहरुमा मानिसहरु जान चाहेका छन् । तर समग्रमा काम गर्नकै लागि विदेश जान चाहनेहरुको संख्या भने समग्रमा घटेको अध्ययनले देखाएको छ ।

५० प्रतिशत सहभागीहरुले मात्रै कामका लागि विदेश जाने इच्छा देखाएका छन् । अघिल्लो सर्वेक्षणमा यस्तो बताउनको संख्या ५७ प्रतिशत थियो । कोरोना भाइरसको महामारी अन्त्य भइसकेको छैन ।


Comments