जापान आएपछि तपाईको जीवनमा हुनेछन् यतिधेरै परिवर्तन

 




नयाँ ठाउँमा आएपछि धेरै थोर परिवर्तन जसको जीवनमा पनि आउँछ । ठाउँ विशेष अनुसार त्यहाँको रहनसहन, कार्यशैली, संस्कृति आदिको प्रभाव त पर्छ नै । जापानको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ ।

विदेशीहरुले काम गर्न र बस्न चाहने स्थानमा जापान दोस्रो लोकप्रिय ठाँउ हो । जापान शान्त छ । यहाँ एक वर्षजति बसेपछि यहाँको संस्कृतिमा घूलमिल हुँदै गएपछि आफैलाई अर्कै भएको पाउनु हुनेछ । त्यसो भए जापानले तपाईमा सो परिवर्तन कसरी ल्यायो त ? यो परिवर्तन प्रति तपाई सधैं सचेत नरहन पनि सक्नु हुन्छ । तर यसबारे सोच्दा जापानको प्रभाव सबैतिर पाउनु हुनेछ । यहाँको अनुभव टोकियोमा आधारित छ । तर यो अन्य शहरमा पनि लागू हुन सक्छ । जापानले तपाईको व्यक्तित्व पूर्ण रुपमा परिवर्तन त नगर्ला तर यसले तपाईमा केही दीर्घकालीन बानी पनि बसाल्न सक्छ ।

अंग्रेजी फेरिनेछ

तपाई जापानी भाषा पढिरहनु भएको छैन भने पनि जापान बसाईको क्रममा तपाईको अंग्रेजी जापाग्रेंजी हुन थाल्नेछ । स्यालरीम्यानलाई विजनेशम्यानले विस्थापित गर्नेछ । पाउरोटीमा अण्डाको सलाद राखेर सान्डो भन्न थाल्नु हुनेछ । अनि हरेक वाक्यको अन्त्यमा ओके देसु भन्ने बानी बस्नेछ ।

जापानीमा अन्य भाषाबाट सापटी लिएर प्रयोग गरिएका शब्दहरु देख्दा जो कोहीलाई पनि अचम्भ लाग्न सक्छ । तर यसरी सापटी लिइएका अधिकांश शब्दको अर्थ भने मौलिक छैन । एक पटक जापानी भाषा प्रयोग गर्न जानेपछि तपाईले पनि अनुवाद गर्न नसकिने यी शब्दहरु आफ्नो दैनिक बोलीचालीमा घुसाउन थाल्नु हुनेछ ।

रक्सीप्रतिको सहनशीलता बढ्छ

जापानमा सबै ठाउँमा रक्सी पाइन्छ । यहाँका सुपरमर्केट र कन्भिनियन्स स्टोरहरुमा क्यान बियर, हाइबल्स र चु–हाई निकै धेरै भेटिन्छ । रक्सी जापानी संस्कृतिको हिस्सा नै हो । काम गरेपछि थकान मेटाउन इजाकायामा सहकर्मीहरुसँग नोमिखाई (पिउने पार्टी)को आयोजना गरिन्छ । हानामी फुल हेर्ने पार्टीमा पनि पिउने नै कार्यक्रम हुन्छ । सार्वजनिक स्थलमा रक्सी सेवनलाई कानूनी मान्यता प्राप्त छ । कन्भिनियन्स स्टोरबाहिर मानिसहरु जमातमा पिइरहेको देख्न सकिन्छ । हातमा चिसो बियरको क्यान बोकेर मनोरम प्राकृतिक दृश्यको आनन्द लिइरहेका मानिसहरु पनि देख्न सकिन्छ । रक्सी सेवनका यी सबै अवसरहरुले पक्कै पनि रक्सी प्रतिको तपाईको सहनशीलता बढाउनेछ ।

विदेशभन्दा धेरै जापानको घुमघाम

जापानमा रहँदा एशियाका अन्य क्षेत्रमा यात्रा गर्न सहज र सस्तो छ । केही बजेट एयरलाइन्सको टिकट बुलेट रेलमा यात्रा गर्न भन्दा पनि सस्तो छ । तै पनि पनि तपाई विदेशको भन्दा धेरै यात्रा जापानभित्र रहेका स्थलहरुको हुनेछ । यहाँ जुनसुकै मौसममा प्रकृति सुन्दर हुन्छ । विशेष गरी शरद ऋतुमा । टोकियोमा पनि घुम्न टन्नै ठाउँ छन् । ( कोरोनाको कारणले घुमघाम गर्ने अवस्था भने छैन । )

स्वतः नियमको पालना गर्ने

खोकी लागेको छ ? मास्क लगाउनुहोस् । रेलमा भएको बेलामा फोन बज्यो ? साइलेन्टमा राख्नु होस् । लामो लाइन छ ? सबै भन्दा पुछारमा गएर बस्नुहोस् । जापानमा यस्ता अलिखित अनेकौं नियमहरु छन् । यसलाई मानिसहरुले अचेतन मनदेखि नै पालना गरिरहेको तपाईले देख्नु हुनेछ । तर सबैले नियम पालना गर्छन् भन्ने चाँहि होइन । चुओ लाइनमा चलिरहेका कलेजका विद्यार्थी पनि तपाईले देख्नु हुनेछ ।

एक्लो भए भनेर पिर लाग्दैन

तपाई एक्लै हुनु हुन्छ ? ठिकै छ । जापानी शहरहरुमा एक्लाहरुको लागि जीवन सहज छैन । टोकियोमा अधिकांश अपार्टमेन्ट र होम एप्लिकेशन एक्लै बसिरहेकाहरुका लागि बनाइन्छ । २० वर्गमिटरको एउटा कोठामा अर्को व्यक्तिसँग बसेको कल्पना गर्न पनि त कम्ति गाह्रो छैन । अनि खुसीको कुरा के भने एक्लै रेस्टुरेन्ट वा बारमा बसेर खानपिन गर्दा तपाईलाई ट्वाल्ल परेर कसैले पनि हेर्दैन ।

कोन्बिनी जाने बानी बस्नेछ

जापानको कन्भिनियन्स स्टोरमा सबै कुरा पाइन्छ । यहाँ तपाईले महसुल भुक्तानी गर्ने, फोटोकपी निकाल्ने, घरको लागि चाहिने सामान किन्ने, लन्च वा डिनर किन्ने लगायत आवश्यक सबै खालका काम गर्न सक्नु हुन्छ । हुलाक कार्यालय नै नगएकन सामान पठाउने अनि लिने काम पनि गर्न सक्नु हुन्छ । तपाईले स्थानीय ग्रसरी पसल वा नजिकमा रहेको क्याफेमा भन्दा बढी समय त कोन्बिनीमै बिताउनु हुनेछ । विशेषताका आधारमा आफूलाई मन पर्ने कोन्बिनी चेनको सूचि निकाल्न थाल्नु हुनेछ ।

साथमा सधैं छाता रहनेछ

टोकियोमा कहिलेकाँही घमाइलो दिन भन्दा धेरै पानी पर्ने दिन हुन्छन् । वर्षात्को समयमा त क्षण क्षण मा मौसम बदली हुन्छ । कुइरो नै लागेको दिनमा पनि मानिसहरु हातमा छाता बोकेर हिडेको देख्न पाइन्छ । यहाँका कन्भिनियन्स स्टोरहरुमा पाइने प्लाष्टिकका छातादेखि छाता बुटिकमा विशेष खालको छाता किन्न पाइन्छ । तपाई हरहमेशा साथमा छाता बोकेर हिड्नु हुनेछ ।

मौसमको मज्जा

जापानमा हरेक मौसममा फरक किसिमले मनाइन्छ । हरेक मौसममा फरक खालको कार्यक्रम र मनोरस प्रकृतिको मजा लिन सकिन्छ । सबैभन्दा धेरै लोकप्रिय चाँहि साकुरा फुल्ने मौसममा आयोजना हुने हानामी पार्टी हो । यो मौसममा ढकमक्क साकुरा फुलेको रुखमुनि पिकनिक खानेहरुको जमात पाइन्छ ।


Comments