केही समय अगाडि काठमाण्डूका
ठाउँठाउँमा जापान जान तयारीमा सघाउन पुर्याउने ठूल्ठूला होर्डिङ्ग बोर्ड देख्न
थालिएको छ।
जापान जानका लागि भाषा
सिक्नेको सङ्ख्या पनि बढेको छ।
तर सँगसँगै जापानी भाषा
सिक्न थालेकामध्ये कतिपयले दलालको प्रलोभन आउन थालेको भन्दै 'बिचौलिया' नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।
कामदारका रूपमा जापान जान
पाइने खबर सार्वजनिक भएपछि जापानी भाषा सिक्नेहरू बढिरहेका बेला 'बिचौलिया'को जोखिम वृद्धि भएको उनीहरूको भनाइ छ।
सरकारी अधिकारीहरूले भने
अन्य देशमा कामदार पठाउँदा जस्तो ठगी नहोस् भनेर जापानका हकमा थप सतर्कता अपनाइने
बताएका छन्।
जापानले कामदार लाने
देशहरूको सूचीमा नेपाल पनि परेको खबर सुनेपछि सुर्खेतकी लक्ष्मी सिंह एक साताअघि भाषा
सिक्नका लागि काठमाण्डू आएकी छिन्।
जापानमा विदेशी श्रमिक
भित्र्याउन नयाँ कानुन बन्दै
जापानमा रोजगारी: शून्य
लागत आप्रवासनको सम्भावना
नेपाली कामदारलाई जापानमा
रोजगारीको बाटो खुल्यो
जापानमा नेपाली कामदार
पठाउन गृहकार्य तीव्र
उत्साह
एउटा प्रशिक्षण केन्द्रमा
जापानी भाषा सिकिरहेकी उनले भनिन्,
"कामदार लगिने देशमा नेपाल
पनि परेपछि म 'वर्क भिसा'मा जान उत्साहित भएकी छु। अन्यत्र भन्दा जापान
सुरक्षित होला भन्ने ठानेर जान लागेकी हुँ। सरकारले त्यसका लागि व्यवस्था
मिलाइदिनु राम्रो हुन्छ।"
अबको पाँच वर्षभित्र
जापानले नेपाल सहित नौवटा मुलुकबाट झन्डै तीन ३ लाख ४५ हजार विदेशी कामदार
भित्र्याउने योजना बनाएको छ।
विभिन्न १४ वटा क्षेत्रमा
कामदार लिने जापानको योजना सार्वजनिक भएपछि जापानी भाषा सिक्न चाहने नेपाली
युवायुवतीको सङ्ख्या बढ्न थालेको छ।
रोजगारदाताकै खर्चमा
जापान जान पाइने खबर आएपछि दोलखाकी अम्बिका फुयालले पनि भाषा सिक्न थालेकी छिन्।
डर
जापानले शून्य लागतमा
कामदार लिने सार्वजनिक भएका बेला उनलाई भने दलालहरूले फसाउने हुन् कि भन्ने चिन्ता
छ।
उनले भनिन्, "मलाई यत्तिमा लाने भनेको छ, उत्तिमा लाने भनेको छ भन्दै साथीहरूले सुनाइरहेका
छन्। एकजना साथीले १३ लाख लाग्नेमा ८ लाखमा लान्छु भन्ने 'अफर' आएको छ भन्दै
हुनुहुन्थ्यो।"
उनले अहिले त्यस्तो खर्च
नलाग्ने भनिएका बेला 'बिचौलिया'हरू सल्बलाएको हुनसक्ने
बताइन्।
"हामीले भाषाको एउटा
लेभल पास गरेपछि त 'मेडिकल' गर्न केही खर्च लाग्ला तर
अरू खर्च त लाग्ने होइन नि। तर अझै पनि बीचमा दलाल किन चाहियो, त्यस्ता दलाल नभए
हुन्थ्यो।"
वृद्धि
जापानी भाषा प्रशिक्षण
दिने संस्थाहरूका अनुसार पछिल्ला दिनहरूमा भाषा सिक्न आउनेहरूको सङ्ख्या ह्वात्तै
बढेको छ।
जापानिज ल्याङ्वेज स्कुल
एसोसिएसन अफ नेपालकी पूर्व अध्यक्ष सुभद्रा राजभण्डारी हाल भाषा सिक्न आउने
विद्यार्थी संख्या झण्डै ५० प्रतिशतले बढेको बताउँछिन्।
उनले भनिन्, "जापानिज भाषा पढ्ने विद्यार्थी बढेका छन्। अहिले शुरुवात हो, पछि त कोरियन
भाषाकै हाराहारीमा पनि आउन सक्छन्।"
उनका अनुसार अहिले नै
कस्ता कामदार जान पाउँछन् भन्ने निर्क्यौल नभए पनि धेरैले भाषा सुधार गर्नका लागि
भए पनि भाषा सिक्न चाहेको बताउने गरेका छन्।
सङ्ख्या
राजभण्डारीले भनिन्, "कुन 'लेभल'सम्म पढ्नुपर्छ र कस्तो परीक्षा हुन्छ भन्ने
यकिन नभएको अवस्थामा अन्योलमै भाषिक हिसाबले तयार रहन विद्यार्थीले पढिरहेका
छन्।"
काठमाण्डू उपत्यकाभित्र
तीन सयभन्दा बढी जापानी भाषा सिकाउने यस्ता केन्द्र रहेको व्यवसायीहरू बताउँछन्।
उनीहरूका अनुसार हाल
प्राय: सबैजसो केन्द्रमा 'काम गर्न जापान जाने' भन्दै भाषा सिक्न
आउनेहरू बढेका छन्।
जापान पठाउन भन्दै कतिपय 'बिचौलिया' सक्रिय भएको
चिन्ता बढिरहेका बेला त्यस्तो ठगी हुन नदिने सरकारी अधिकारीहरूको दाबी छ।
सरकारी भनाइ
हाल नेपाल भ्रमणमा रहेका
जापानी विदेशमन्त्रीसँग समेत त्यसबारे छलफल गरिएको परराष्ट्रमन्त्री प्रदीप
ज्ञवालीले बताए।
उनले 'कामदार छनौट
प्रक्रिया पारदर्शी बनाउन र कामदारले खर्च गर्नु नपरोस् एवम् बिचौलियाले दोहन
नगरून्' भनी सरकारले पहल गरिरहेको बताएका थिए।
अधिकारीहरूले शून्य लागत
र ठगी नहुने गरी नेपाली कामदार जापान पठाउन दुई देशका सरकारी निकायहरूलाई मात्र
सहभागी गराइन लागेको जानकारी दिएका छन्।
तर, त्यसले पनि ठगी
रोक्छ भन्ने ग्यारेन्टी नभएको कतिपय आलोचकको भनाइ रहने गरेको छ।

Comments
Post a Comment