टोकियो, जापान ।
नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्धका कारण अन्य
देशहरुसँगै जापानमा हुने उडान समेत अन्यौलमा परेको छ ।
सरकारी अनिर्णयका कारण नेपाल एयरलाइन्सले तत्कालको लागि नेपाल जापान
सिधा हवाई उडान अन्तर्गत जुन ३ तारिख जापान आएर ४ तारिख फर्कने उडान रद्द गरेको
जनाएको छ ।
जुन महिनाको लागि काठमाडौं नारिता सातामा एउटा उडानको तालिका रहेको छ
। जस अन्तर्गत हरेक बिहिबार नेपालबाट जापान बिमान उड्ने र शुक्रबार जापानबाट
फर्कने थियो । मिति अनुसार जुन महिना नेपालबाट ३, १०, १७
र २४ तारिख जापान उड्ने योजना रहेकोमा ३ तारिखको रद्द गरिएको छ । अब जुन ११,
१८
र २५ तारिख जापान नारिता बिमानस्थलबाट नेपाल फर्कनेगरि आउने भएको उडान बारे नेपाल
एयरलाइन्सले केही पनि बताएको छैन ।
जापानस्थित नेपाल एयरलाईन्स सम्वद्ध अधिकारीहरुका अनुसार नेपाल
सरकारले जापान उडानको लागि केही निर्णय नदिएका कारण उडान तालिका रद्द गर्नुपरेको
हो । मे ३१ तारिख अबेरसम्म जुन महिनाभरको कुनैपनि उडान भर्न दिने नदिने बारे नेपाल
सरकारले निर्णय दिएको छैन ।
सरकारले कोरोना भाइरस संक्रमण जोखिमका कारण जापान सहित विश्वभर र
आन्तरिक उडानमा समेत अंकुश लगाएको छ ।
चीन, कतार लगायत केही देशको उडान खोलेको बताएपनि उडान तालिका भने निश्चित
हुन सकेको छैन ।
बिमान कम्पनीले यात्रु अभाव झेल्ने, भिषा पाएकाहरु
कुरेको कुर्यै
जापानले हाल अर्को सूचना जारी नभएसम्म नेपालबाट चार प्रकारका सिमित
व्यक्तिलाई मात्र आउन दिएको छ । त्यसमा पनि कडा क्वारिन्टिन नियम लागू छ ।
जापानी नागरिक, एईजु, तेईजु, जापानी
नागरिकसँग विवाह गरेका नेपाली महिला वा पुरुष र तीनका सन्तानले हालको
प्रतिबन्धात्मक अवस्थामा पनि निर्दिष्ट शर्तहरु पुरा गरेमा जापान आउन सक्छन् । यस
बाहेक विशेष भिषा अन्तर्गत नेपाल सरकारका प्रतिनिधि, जापान सरकारको निकाय
अन्तर्गतका व्यक्तिहरुले पनि यो छुट प्रयोग गर्न पाउँछन् । तर यस्तो संख्या औंलामा
गन्न सकिने हुन्छ ।
यस आधारमा नेपाल जापान उडान खुलेपनि तत्काल नेपाल एयरलाइन्सले यात्रु
भने अत्यन्त न्यून पाउने देखिन्छ, भलै लामो समय उडान रोकिएका कारण पहिलो
उडान भने दुवै तर्फबाट राम्रै हुने उडानको लागि ताकेता गरिरहेका व्यक्तिहरुको
नेवानीले दिएको जानकारीले देखाउँछ । तर यस्तो संख्या पहिलो र बढीमा दोस्रो उडानबाट
केही दर्जनमा मात्र सिमित हुन पुग्नेछ । किनभने आवासिय भिषा पाएका समेत आउन
नपाउनेगरि प्रतिबन्ध लगाइदिएको जापानले पहिलो पटक भिषा पाएका देखी जापान प्रवेशको
स्विकृती पत्रपछि भिषा आवेदन दिएर उडान स्विकृतीको अन्तिम छाप कुरिरहेका झण्डै १०
हजार विद्यार्थी, कामदार, डिपेण्डेन्ट लगायतका व्यक्तिहरुलाई पर्खाएरै राखेको छ ।
यो पर्खाई बर्षदिन अघिदेखी सुरु भएपनि कहिले टुंगने भन्ने कुरा
कोरोना संक्रमण बल्झिरहँदा कसैबाट पनि उत्तर पाउन नसकिने अवस्था छ । हाल दुवै
देशमा देखिएको कोरोना संक्रमणको अवस्था लगायत हेर्दा करिव ३ महिनाको लागि नेपाल
जापान यात्रा सहज हुने देखिन्न ।

Comments
Post a Comment