टोकियो/जापान । कोभिड-१९ महामारीका कारण विश्व मानव समुदाय फेरि एकपटक
संकुचनमा परिरहेको छ । विगत १ वर्षयता न एक ठाउँबाट अर्को ठाउँ सहज यात्रा गर्न
पाएको छ । न त संक्रमणको डर/त्रासबाट मुक्त हुन सकेको छ ।
कोभिड-१९ ले विश्वभरनै
मानविय तथा हिसाबै गर्न नसकिने गरि आर्थिक क्षति पुर्याईसकेको छ । यसैविच विकास
भएका कोभिड-१९ का विभिन्न( प्रमाणित भएका) खोपहरु लगाएको प्रमाण भएका मानिसहरुलाई
विशेष पासका आधारमा एक देशबाट अर्को देशको यात्रा गर्न सहज गराउनेबारे पहल हुन
थालेको छ ।
कोरोना महामारीका बिच
अन्तर्राष्ट्रीय यात्रा सुरक्षितरुपमा गराउनका लागि अमेरिका तथा युरोपेली संघ(
ईयु)मा आवद्द मुलुकहरुले खोप प्रमाणपत्र जारी गर्न थालेका छन् । यस प्रणाली
अन्तर्गत तोकिएका खोपको २ ओटै मात्रा लगाएका मानिसहरुलाई डिजिटल प्रमाण पत्र
प्रदान गरिनेछ । अन्य विकसित मुलुक( खासगरि अमेरिका)लाई पच्छ्याँदै अघि बढेको
जापानले पनि खोप प्रमाणपत्रका आधारमा अन्तर्राष्ट्रीय यात्रालाई सहजीकरण गर्ने
निर्णयमा पुगेको जापानी संचार माध्यमहरुले जनाएका छन् ।
क्योदो समाचारले जनाए
अनुसार जापानले खोप लगाएको प्रमाणका लागि खोप प्रमाण पत्र – कमन पास नामक एपमा
आधरित रहनेछ । यो वर्ड इकोनोमिक फोरमको अग्रसरतामा विकास गरिएको एप हो । यो एपले
विमानस्थल भित्र प्रवेश गर्नुअघि क्युआर( QR) कोड प्रयोग गरि कोभिड -१९
को अवस्था प्रमाणित गर्ने अनुमती दिनेछ । यो केबल खोपको पुरा मात्रा लगाई सकेकाहरुको
आन्तरिक तथा बाह्य यात्रा सहज गर्ने उदेश्यले बनाईएको हो ।
क्योदो समाचारले जनाए
अनुसार जापानले खोप लगाएको प्रमाणका लागि खोप प्रमाण पत्र – कमन पास नामक एपमा
आधरित रहनेछ । यो वर्ड इकोनोमिक फोरमको अग्रसरतामा विकास गरिएको एप हो । यो एपले
विमानस्थल भित्र प्रवेश गर्नुअघि क्युआर( QR) कोड प्रयोग गरि कोभिड -१९
को अवस्था प्रमाणित गर्ने अनुमती दिनेछ । यो केबल खोपको पुरा मात्रा लगाई
सकेकाहरुको आन्तरिक तथा बाह्य यात्रा सहज गर्ने उदेश्यले बनाईएको हो ।
यद्यपी जापानमा अझै सबै
नागरिकहरुको तहमा खोप पुग्न केहि समय लाग्ने देखिएको छ । त्यसैले तत्काललाई यो
निर्णय भईहालेको भएपनि जापानमा बसोबास गर्ने व्यक्तिहरुका लागि भने, खासै उपयोगी
साबित हुनसक्ने सम्भावना छैन । यद्यप केहि महिना पछिको लागि भने कार्यन्वयनमा
ल्याउन सकिने छ ।

यद्यपी जापानमा अझै सबै नागरिकहरुको
तहमा खोप पुग्न केहि समय लाग्ने देखिएको छ । त्यसैले तत्काललाई यो निर्णय भईहालेको
भएपनि जापानमा बसोबास गर्ने व्यक्तिहरुका लागि भने, खासै उपयोगी साबित
हुनसक्ने सम्भावना छैन । यद्यप केहि महिना पछिको लागि भने कार्यन्वयनमा ल्याउन
सकिने छ ।
तत्काललाई यो खोप
प्रमाणपत्रका आधारमा अन्तर्राष्ट्रीय यात्रा सहज हुनसक्ने भनेको अमेरिकन तथा
यूरोपेली संघमा आवद्द मुलुकका वासिन्दाहरुले मात्र हुन् । त्यसैले नेपाल लगायतका
एसियाली तथा दक्षिण एसियाली मुलुकहरुले उत्साहित बनि हाल्नुपर्ने अवस्था भने छैन ।

Comments
Post a Comment