‘इताई’ शब्दको अर्थ पीडा भन्ने हुन्छ । जापानमा डाक्टरकहाँ जाँदा धेरै जसोले
भन्ने पहिलो शब्द यही हो । यो एउटा शब्द धेरै थरी अवस्थामा प्रयोग गर्न सकिन्छ ।
तर डाक्टरकहाँ जचाँउन जाँदा यो एउटा शब्द बोलेर मात्रै हुँदैन । आफूलाई भइरहेको
पीडाबारे स्पष्ट रुपमा बताउन अझै धेरै शब्दहरुको खाँचो पर्दछ । डाक्टर वा
डेन्टिष्टले तपाईलाई पीडाबारे पीडा सहनै नसक्ने छ कि अलि अलि सहन सक्ने खालको छ ? कुनै बेला धेरै दुःख्ने अनि कुनै बेलामा दुःखाई कम हुने खालको पो छ कि ? भनेर सोध्न सक्छन् । अंग्रेजीमा जस्तै जापानीमा पनि पीडाको व्याख्या गर्न
विविध शब्दको प्रयोग गरिन्छ । यी सबैबारे थाहा पाइराख्नु उपयोगी हुन्छ । नत्र
डाक्टरलाई पीडाबारे बताउँदा के भन्नु अनि कसरी भन्नु भन्ने टाउको दुखाई सधैं रहन्छ
। जापानी भाषमा फरक खालको पीडाको वर्णन गर्न अर्थानुकरण (ओनोमातोपाइया)को प्रयोग
गरिन्छ । यसका केही अपवादहरु पनि छन् । यसका केही उदाहरणहरु तल दिइएको छः
ズキズキ(जकी–जुकी) – यो शब्द
प्रायः दाँतको पीडाबारे बताउन प्रयोग गरिन्छ । यसले तेज र सुस्त दुबै खालको पीडाको
बयान गर्दछ ।
シクシク(शिकु–शिकु) – यो
कहिलेकाँही पेटको पीडा भन्न प्रयोग गरिन्छ । यसले भने हल्का तर लामो समयसम्मको
पीडाको बयान गर्छ ।
ガンガン(गान–गान)–यो विशेषतः
टाउको दुखाईबारे बताउन प्रयोग गरिन्छ । यसले सहनै नसक्ने खालको पीडाको व्याख्या
गर्छ ।
キリキリ(किरी – किरी)– यो चाँही
आन्द्रा बाउडिने लगायत अत्यन्त पीडादायक अवस्था बताउन प्रयोग गरिन्छ ।
ピリピリ(पिरी – पिरी) : यो नेपाली
भाषामा टोक्यो – घोप्यो भन्ने शब्द जस्तै हो । यसले सुईले घोप्दा उत्पन्न हुने
अनुभूतिको बयान गर्छ ।
チクチク(चिकु – चिकु)– यो पनि
पिरी–पिरी जस्तै हो । पिरी–पिरीले पोल्दा हुने दुखाई ब्याख्या गर्छ । तर चिकु–चिकु
चाँहि विशेषगरी गहिरो खालको पीडाको व्याख्या गर्न प्रयोग गरिन्छ । यो शब्दले पाछेर
ठाउँमा कन्याइरहनु पर्ने वा अप्ठयारो अवस्थाको पनि बयान गर्छ ।
ドーン(दो – न) – पीडा हल्का
खालको छ भन्नका लागि यो शब्दको प्रयोग गरिन्छ ।
キー(कि – ) – यो चाँहि तिखो पीडाको लागि प्रयोग
गरिन्छ ।
キュー(क्यु – )– यसले महिनावारी
हुँदा खेरीको दुःखाईको अवस्था बताउँछ ।
यी बाहेक अन्य शब्दहरु
पनि छन् । प्रायः जसो जापानीहरुले आफ्नै शब्द बनाउँछन् । जापानी मातृ भाषा
बोल्नेहरु माझ अर्थानुकरण गर्छन् । तर जापानी भाषा द्वितीय भाषा हुनेका लागि भने
यी शब्दको मौलिक अर्थ बुझ्न कठिन हुन पनि सक्छ । यद्यपि, आजको यस लेख
पढेपछि अर्को पटक डाक्टरको क्लिनिकमा जाँदा तपाईलाई आफूलाई भइरहेको पीडाबारे बताउन
निकै सहज हुनेछ ।

Comments
Post a Comment