नागानो, जापान ।
नागानो प्रान्त प्रहरीले
एक २२ बर्षिया महिलालाई आफ्नै नवजात शिशु हत्या आरोपमा पक्राउ गरेको छ ।
योकोहामा बस्दै आएकी
महिलालाई नागानोमा नवजात शिशुको शव गाडेको आरोप छ । प्रहरीका अनुसार महिलाले आफ्नो
नवजात शिशुको शव तोमि शहरमा रहेको पुर्ख्यौली खाली घर कम्पाण्डमा गाडेर गएकी हुन्
।
मे १ र ४ तारिख बीचमा
उक्त सम्पत्तीको हेरचाह गर्दै आएका कर्मचारीले कथित रूपमा उक्त नवजात शिशुको शवलाई
घरको बगैंचामा गाडेको पाएका थिए ।
प्रहरीले घटनाबारे
जानकारीपछि युवतीलाई पक्राउ गरेको र उनले आरोप स्विकार गरेको बताइएको छ ।
प्रहरीका अनुसार ताकातो
योकोहामा शहर, खानागावा प्रान्तमा बस्दै आएकी थिईन् । उनको बुवाको निधनपछि
खाली रहेको घर सहितको उक्त जमिनमा गएर घटना लुकाउन उनले शिशुको शव गाडेको ठानिएको
छ ।
शव परीक्षण गर्दा बच्चाको
केही दिन अघिनै निधन भएको रिपोर्टमा उल्लेख छ । पार्ट टाईम काम गर्दै आएकी ति
महिलाले किन शिशुको हत्या गरिन् भन्ने कारणबारे प्रहरीले सोधपुछ गरिरहेको जनाएको छ
।

Comments
Post a Comment