कोरोना संक्रमण घट्ने संकेत नदेखिएपछि जापानको आपतकाल लम्ब्याउने तयारी यस्तो छ

 



टोकियो, जापान ।

जापानी प्रधानमन्त्री सुगा योशिहिदेले मुख्य मन्त्रिपरिषदका सदस्यहरूसँग बुधवार भेटवार्ता गरेका छन् । आपतकालिन अवस्था लम्बनसक्ने अनुमानका बिच भएको भेटले सम्भावना बढाईदिएको छ ।

कठिनाईग्रस्त इलाकामा नयाँ कोभिड १९ का घटनाहरू घट्ने कुनै संकेत नभएको कारण प्रधानमन्त्री योशीहिदे सुगाले अगाडि बढ्नको लागि मन्त्रिपरिषद्का मन्त्रीहरूसँग भेट गरेपछि आपतकालिन विस्तारको सम्भावना बढेको हो ।

सुगाले स्वास्थ्य मन्त्री नोरिहिसा तामुरा, यातायात मन्त्री काजुयोशी अकाबा, मुख्य क्याबिनेट सचिव कात्सुनोबु कातो र मन्त्री यासुतोशी निशिमुरासँग बुधवार दिउँसो प्रधानमन्त्रीको सरकारी निवासमा छलफल गरेका हुन् । उल्लेखित सबै मन्त्रीहरु कोरोना भाइरस प्रतिक्रियाहरूको नेतृत्व गर्दै आएका मन्त्रीहरु हुन् ।

'विज्ञहरूसँग परामर्श गरेपछि यस हप्ताभित्र आपतकालको अवस्था र अर्ध आपतकालीन स्थितिलाई के गर्ने भनेर म निर्णय गर्ने योजनामा ​​छु' बैठकपछि प्रधानमन्त्री सुगाले भने । घोषणाको प्रभावकारिताको बारेमा सोधिंदा प्रधानमन्त्रीले यो उपायले मानिसहरुको बाहिरि यात्रा घटाउन शुरु गरेको, जुन आपतकालीन लक्ष्यहरू मध्ये एक भएको बताएका छन् ।

हालको आपतकालिन अवस्था टोकियो, ओसाका, ह्योगो र क्योतो प्रान्तहरूमा आगामी मंगलबार समाप्त हुँदैछ । केन्द्रीय सरकारले औपचारिक रुपमा आगामी शुक्रबार आपतकाल थप गर्ने विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ ।

नयाँ संक्रामक भाइरसका घटनाहरुको वृद्धिलाई ध्यान दिंदा आपतकाल विस्तार अपरिहार्य देखिन्छ । विज्ञहरूका अनुसार कोरोनाले कडा प्रभावित बनाएको ओसाकामा स्वास्थ्य सेवा प्रणाली बिग्रिएको छ । यो अहिलेसम्मकै खराव अवस्था झेलिरहेको छ ।

ओसाका सरकार हिरोमी योशीमुराले मंगलबार नै मे ११ सम्मको आपतकाले अवस्था सुध्रनेमा निराशा व्यक्त गर्दै थप विस्तार गर्न आग्रह गरिरहेको बताएका थिए ।

मंगलबार नै प्रधानमन्त्री सुगाले संक्रामक रोग विशेषज्ञसँगको छलफलपछि 'देशमा आपतकालिन अवस्थालाई हटाउने कि के गर्ने भनेर निर्णय गर्न गाह्रो भइरहेको' बताएका थिए ।

सरकारले नै गठित गरेको विज्ञ समितिका केही सदस्यहरुले यसअघिनै दुई साताको लागि घोषणा गरिएको आपतकाल छोटो अवधि भएको प्रतिक्रिया दिईसकेका छन् । उनिहरुले हालैका दिनमा जापानका विभिन्न संचार माध्यमलाई दिएका प्रतिक्रियाहरुमा पनि आपतकाल हटाउने अवस्था नरहेको बताएका छन् । विज्ञहरुले सरकारलाई आपतकालिन अवस्था विस्तार गरेर कम्तिमा मे महिनाको अन्त्यसम्म पुर्याउन सुझाव दिने विश्वास गरिएको छ ।



Comments