भिसा आवेदन अस्वीकृत भयो भने यसरी दिनुहोस् पुन आवेदन

 




तपाईले सर्टिफिकेट अफ एलिजिबिलिटी, भिसा हैसियत परिवर्तन वा भिसा नवीकरणका लागि दिनु भएको आवेदन अध्यागमन कार्यालयले अस्वीकृत गर्यो भने यसो हुनुको कारण बुझ्नु निकै जरुरी हुन्छ । तपाई आफैं गएर आवेदन नम्बर तोकेर सोधपुछ गर्नु भयो भने अध्यागमन कार्यालयले प्रायः विस्तारमा कारणहरु बताइदिन्छन् । आवश्यक अतिरिक्त कागजपत्रहरु उपलब्ध गराउन सक्छु जस्तो लाग्छ भने तपाईले पुनः आवेदन पनि दिन सक्नु हुन्छ ।

आवेदन अस्वीकृत भएपछि जुन सुकै समयमा पुनःआवेदन दिन सकिन्छ । आवेदन जति पटक पनि दिन सकिन्छ । यति पटक मात्रै पाइन्छ भन्ने छैन । यद्यपि, पेश गर्नुपर्ने कागजपत्रको प्रकार र कन्टेन्टबारे भने सावधान रहनुहोला ।

तपाईले पहिला दिनु भएको आवेदन किन अस्वीकृत भएको हो सोको कारण अनुसार तपाईले उपलब्ध गराउनु पर्ने कुरा फरक पर्न सक्छ । तपाईको रोजगारदाताको वित्तीय रेकर्ड (वार्षिक मुनाफ, कर भुक्तानी आदि) का कारण आवेदन अस्वीकृत भएको हुन सक्छ । तपाईको आफ्नै योग्यता र काम गरेको अनुभवका कारण पनि आवेदन अस्वीकृत भएको हुन सक्छ ।

तपाईको आवेदन अस्वीकृत हुनुको एक मात्रै कारण तपाईले अध्यागमनका अधिकारीहरुलाई विश्वस्त गराउन सक्ने गरि राम्ररी तयारी नगर्नु पनि त हुन सक्छ । उपर्युक्त तवरले तयारी गरेपछि पुनः दिइएको आवेदन स्वीकृत भएको दृष्टान्तहरु पनि छन् ।


Comments