जापान भिषामा कडाई ! अहिलेसम्मकै धेरैले आवासीय हैसियत गुमाए

 




टोकियो, जापान ।

गत वर्ष जापानमा अहिलेसम्मकै धेरै संख्यामा विदेशी नागरिकहरुले आवासीय हैसियत गुमाएका छन् ।

सरकारले सार्वजनिक गरेको नयाँ तथ्यांकले यस्तो देखाएको हो । अध्यागमन सेवा निकायले मे २१ म बताए अनुसार सन् २०२० मा १ हजार २१० जनाको आवासीय हैसियत खारेज गरिएको छ ।

यो अघिल्लो वर्षको तुलनामा २१ दशमलव ९ प्रतिशत धेरै हो । यो संख्या यस अघि अघिल्लो वर्ष कायम भएको कीर्तिमानी उचाईभन्दा २१७ धेरै हो ।

आवासीय हैसियत खारेज मुख्यतः प्राविधिक प्रशिक्षार्थी र विदेशी विद्यार्थी कोटामा भएको छ । कूल मध्ये ९० प्रतिशत यी दुईले ओगटेका छन् । प्राविधिक प्रशिक्षार्थीहरु कार्यस्थलबाट हराएका अनि विदेशी विद्यार्थीहरु विद्यालयबाट बहिष्कृत भएपछि काम गर्न थालेको दृष्टान्तहरु क्यौं भेटिएका छन् ।

अध्यागमन निकायका अनुसार आवासीय हैसियत खारेज हुने प्राविधिक प्रशिक्षार्थीको ५६१ छ । यो अघिल्लो बर्षको तुलनामा ४६ दशमलव ४ प्रतिशत धेरै हो । त्यस्ता विदेशी विद्यार्थीको संख्या भने ५२४ छ । यो कूलमध्ये ४३ दशमलव ३ प्रतिशत हो । अघिल्लो वर्षको तुलनामा यी दुबै क्रमशः २२५ र ९७ धेरै हो ।

देशको आधारमा भियतनामीहरुको संख्या धेरै अर्थात् ७११ रहेको छ । यो५८ दशमलव ८ प्रतिशत हो । चिनियाँहरुको संख्या १६२ अर्थात् १३ दशमलव ४ प्रतिशत रहेको छ । आवासीय हैसियत भएका विदेशीहरुको संख्याको सूचिमा दुबै देशको नागरिकहरु सबैभन्दा माथि रहेका छन् ।


Comments