गुन्मा, जापान ।
जापानको गुन्मा केनमा एक
नेपाली युवाको सुतेकै अवस्थामा असामयिक निधन भएको छ ।
गुन्मा केनको माएबासीमा
बस्दै आएका झलक सुब्बा गुरुगं सुतेकै अवस्थामा मृत भेटिएका हुन् । निधन भएका
गुरुगं ३५ बर्षका थिए ।
मे २४ तारिख सोमबार दिनमा
काम गरेर फर्केका गुरुगंले साँझ नेपालस्थित परिवारसँग भिडियो कुराकानी समेत गरेका
थिए । साँझ खाना खाएर सामान्य अवस्थामै सुतेका गुरुगंलाई बिहान ओछ्यानमा मृत
भेटेको सँगै बस्दै आएका साथीले बताएका छन् ।
मृतक गुरुगंको शव हाल
पोष्टमार्टमको लागि प्रहरी नियन्त्रणमा अस्पतालमा रहेको गुन्मा स्थित नेपाली साझा
समाजका अध्यक्ष बुद्धि शेरचनले जापानसमाचारडटकमलाई जानकारी दिनुभयो । प्रहरीले
प्रारम्भिक रुपमा हृदयघातका कारण निधन भएको अनुमान गरेपनि पोष्टमार्टम रिपोर्टपछि
मात्र विस्तृत जानकारी थाहा हुने बताएको छ ।
राती सुत्दा कोठामा
सामान्य अवस्थामा गर्मीका कारण झ्याल केही खुल्ला राखेर पर्दा लगाइएको अवस्थामा
रहेको बताइएको छ ।
मृतक गुरुगंको परिवार
नेपाल लमजुगं जिल्ला स्थायि घर भई हाल पोखरा बस्दै आएका छन् । गुरुगंको नेपाल
परिवारमा बुवा आमा सहित श्रीमती र एक छोरी रहेका छन् ।
गुरुगं चार बर्षअघि जापान
आएका थिए ।

Comments
Post a Comment