खोप भनेर सलाइन पानी दिएपछि जापानी अस्पतालले माग्यो माफी

 



नारा ।

 

मे १२ मा नारा प्रिफेक्चरको इकोमा शहरको एक सरकारी अस्पतालमा कोरोना भाइरस विरोधी खोप लगाउन आइपुगेका ५४ जनाको एक समूहमा एक व्यक्तिलाई खोपको सट्टामा सलाइन पानी लगाइएको छ ।

 

स्वास्थ्यकर्मी अनि ८५ वर्ष र सो भन्दा बढी उमेरका मानिसहरुलाई खोप लगाउँदा झुक्किएर एक जनालाई खोपको सट्टा सलाइन पानी मात्रै लगाइएको हो । पश्चिम जापानको इकोमा सिटी हस्पिटलले यस भूलको लागि पत्रकार सम्मेलन गरेर माफी पनि मागेको छ । यसले ती व्यक्तिको स्वास्थ्यमा प्रतिकूल असर भने नपार्ने अस्पतालले बताएको छ । अस्पतालका अनुसार अप्रिल २८ मा समुदाय र सभा स्थलमा दिउँसो २ देखि ४ बजेसम्म खोप लगाएको थियो । योजना अमेरिकी फर्मा कम्पनी फाइजर इंकको खोपको नौं वटा भाइललाई पातलो बनाएर यसलाई ५४ ओटा सिरिञ्जमा सुँइ लगाउनका लागि सार्नु थियो । तर यस प्रक्रियामा एक नर्सले फाइजरको एक भाइल प्रयोेग नगरेको पाइन् ।

सिरिञ्जको जाँच गर्ने क्रममा ५ ओटामा सलाइन मात्रै रहेको पाइन् । यिनीहरुलाई हटाएर पुनः खोप तयार पारियो । खोप लगाउने काम चलिरह्यो । तर खोप लगाउन काम पूरा भइसकेपछि खोपको एउटा सिरिञ्ज बाँकी थियो । उक्त दिन खोप तयार पार्ने र लगाउने काममा पाँच जना नर्सहरु खटिएका थिए । अस्पतालले अप्रिलमा खोप लगाइएको समूहको मानिसहरुको शरीरमा एन्टीबडीको स्तर जाँच्ने छ र न्यून स्तर भएको व्यक्तिलाई पुनः खोप लगाइनेछ ।

 

सलाइन मात्रै रहेको खोपको सिरिञ्जलाई झुक्किएर खोप भएको सिरिञ्जको साथमा राखेको अनि खोप भन्ठानेर लगाएको देखिएको मे १२ मा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक कियोशी इन्दोले भने । यस्तो खालको गल्ती पुनः दोहोरिन नदिन आफूले आदेश दिएको इकोमाका मेयर मासाशी कोमुरासाकीले भने । यस अस्वीकार्य घटनाले ठूलो चिन्ता र अप्ठयारो सृजना गरेको भन्दै उनले शहरका मानिस र सम्बन्धित सबै पक्षसँग माफी पनि मागेका छन् ।

 


Comments