जापानमा एकैदिन १४८ जनाको कोरोनाले ज्यान लियो, ६ हजार ५७ जनामा संक्रमण

 




टोकियो, जापान ।

जापानमा मे ७ तारिख कोभिड-१९ संक्रमण सुरुभए यता एकैदिन हालसम्मकै धेरै ब्यक्तिको निधन भएको छ ।

देशभर गरेर शुक्रबार १४८ जना कोरोनाका बिरामीको निधन भएको यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

यसमा सबैभन्दा धेरै ओसाका प्रान्तमा ५० जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

यसैगरी ह्योगो प्रान्तमा अहिलेसम्मकै सर्वाधिक ३९ जनाको शुक्रबारनै कोरोनाले ज्यान लिएको छ ।

यस बाहेक चिबा ७, टोकियो र खानागावा ६ तथा होक्काइदो, नारा र फुकुओकामा समान ४/४ जनाको निधन भएको छ ।

रात ९ बजेसम्ममा देशभर ६ हजार ५७ जना नयाँ कोरोना संक्रमित पुष्टि भएका छन ।

देशका सबै ४७ प्रान्तमा कोरोना संक्रमित पाइएको र सबैभन्दा बढी ओसाकामा १ हजार ५ रहेको छ ।

जापानको हालसम्मको विवरण अनुसार कुल संक्रमित ६ लाख २८ हजार निधन १० हजार ७ सय नाघेको छ ।

कुल संक्रमित मध्ये ५ लाख ४६ हजार बढी निको भएर डिस्चार्ज हुँदा ११ सय ३३ जना बिरामी गम्भिर अवस्थामा रहेको सरकारी तथ्यांकमा उल्लेख छ ।



Comments