भयाे, रेल दुर्घटनामा कम्तिमा १५ जनाको निधन, ७० जना घाईते

 

 




एक सव वे रेल दुर्घटनाहुँदा मेक्सिकोमा कम्तिमा १५ जनाको निधन भएको छ । मेक्सिकन अधिकारीहरुका अनुसार रेल दुर्घटनामा परेर ७० जना भन्दा धेरै घाईते भएका छन् । घाइते मध्ये एक दर्जन बढीको अवस्था गम्भिर पाईएको छ ।

घटना मेक्सिकोको राजधानी मेक्सिको शहरमा भएको हो । नयाँ रेल लाईन १२ जसलाई गोल्डेन लाईनको रुपमा समेत चिनिन्थ्यो उक्त स्थानमा रेल कुद्ने लिगको भाग खस्न पुगेर रेल दुर्घटना भएको बताइएको छ ।

घटना स्थानिय समय अनुसार रातको १० बजेर २५ मिनेटमा भएको हो । उद्दार कार्य जारी रहेको मेक्सिकोको भलार्टाडेलिले उल्लेख गरेको छ ।


Comments