टोकियो, जापान । अर्घाखाँची समाज जापानले अर्घाखाँची अस्पताललाई ५ थान इलेक्ट्रिक
अक्सीजन कन्सनट्रेटर मेसीन हस्तान्तरण गरेको छ । जिल्लामा अक्सीजनको अभाव बढेसंगै
कोरोना संक्रमीतको उपचार हुन नसकेको गुनासो आएपछि समाजले बिरामीको उपचारमा सहज
होस् भनी मेसिन हस्तान्तरण गरेको हो ।
कोरोना महामारीका कारण
अन्तराष्ट्रीय उडान बन्द भएको र जापानबाट मेसिन पठाउन नसकेकोले खरीदका लागी
अस्पताललाई जिम्मा दिईएको थियो । समाजले मेसिन खरीदका लागी जापानमा आर्थिक सहयोग
अभियान संचालन गरेको अध्यक्ष बाबुराम पौडेलले जानकारी दिनुभयो । अध्यक्ष पौडेलले
जिल्लाबासीले अक्सीजन नपाई छटपटाईरहेको देख्दा आफूहरु हेरेर बस्न नसक्ने हुदा
सहयोग गर्नु दायित्व भएको बताउनुभयो । उहाँले अभियानमा सहयोग गर्ने जापानबासी
नेपालीहरु र समन्वयका लागी पत्रकार महासंघ अर्घाखाँचीलाई धन्यवाद व्यक्त गर्नुभयो
।
अभियान बाट संकलीत रकम र
समाजको आन्तरीक कोषबाट गरी नगद ४ लाख ५० हजार पत्रकार महासंघ अर्घाखाचीका अध्यक्ष
असोक खनाल मार्फत अस्पताललाई पठाएको समाजका कोषाध्यक्ष टोप वहादुर घर्ती मगरले
जानकारी दिनुभयो ।
रकम पठाएको छोटो समयमै ३
वटा मेसिन आएको र विरामीले सेवा लिन सुरु गरेको अस्पतालका मेडिकल सुपरीटेन्डेन डा.
कपिल गौतमले जानकारी दिनुभयो । देशभर अक्सीजनको अभाव भएकोले ५ वटै मेसिन एकै पटक
ल्याउन नसकेकोले २ वटा मेसिन केही दिनमा आउने डा. गौतमले बताउनुभयो ।
अक्सीजन सिलिन्डर जस्तो
भर्नुपर्ने झन्झट नभएकाले उपचारमा सहज भएको अस्पतालले जनाएको छ ।

Comments
Post a Comment