टोकियो ।
अध्ययनका लागि जापान आएकी
नेपाली चेली सविना पौडेल पाँच दिनदेखी बेपत्ता भएकी छिन् ।
जापानको नागोयामा बस्दै
आएकी सविना मे १३ तारिखबाट संपर्कबिहिन भएकी हुन । नेपालस्थित परिवारका सदस्यले
सविनासँग बिहीवार रात १० बजेर ४५ मिनेटपछि परिवार तथा साथीहरुसँग सम्पर्क नरहेको र
खोजी गर्दा पत्ता लगाउन नसकेको जानकारी दिएका छन । सविना बसन्ती खत्री नाम गरेकी
नेपाली युवतीसंगै बस्दै आएकी थिइन । बसन्तिका अनुसार सविना बिहीवार दिउसो कोठाबाट
निस्किएपछि उनको पनि कुनै सम्पर्क भएको छैन । सविनाले आफुलाई उक्त दिन बिहान
साँझपख घुम्न जाने बताएपनि दिउँसो भने समय नमिलेकाले जान नपाउने र आफु केही ढिलो
कोठामा आउने बताएको जानकारी दिएकी छिन् । हाल सोधपुछ तथा अन्य जानकारी लिन
प्रहरिले बसन्तीलाई आफ्नो नियन्त्रणमा राखेकाले थप जानकारी लिन सकिएको छैन ।
बेपत्ता सविनाकी आमा रत्न
माया बस्नेत ‘पौडेल’ ले जापानसमाचार मार्फत नेपाली राजदूतावासलाई बेपत्ता छोरी
खोजी गरिदिन निबेदन पठाउनु भएको छ । निबेदन पत्रमा आमा रत्नमायाले छोरीसँग उनको
मोबाइलमा पनि संपर्क हुँन नसकेको उल्लेख गर्दै सविनाले अध्ययन गरेको बिद्यालय
लगायत विवरण उपलब्ध गराउनु भएको छ ।सविनाले हालैमात्र विद्यार्थी भिषा परिवर्तन
गरेर जापानी कम्पनीमा काम थाल्ने तयारी गरेकी थिईन् । सविना पार्ट टाईम काम गर्दै
आएको कम्पनीले पनि उनले कुनैपनि जानकारी नदिएको र सम्पर्क हुन नसकेको बताएको छ
।सबिनाको भिषा कम्पनीमा परिवर्तन गर्नको लागि उनले वकिल मार्फत भिषा आवेदनका लागि
कागजात समेत बुझाई सकेकी थिईन् ।सविनाको परिवार नेपाल स्थायि घर ओखल्ढुङ्गा लिखु
गाउँपालिका ८ भएपनि सपरिवार हाल काठमाडौं नागार्जून १ रानीवनमा बस्दै आएका छन्
।सविनाले जापानको नागोया कलेज अफ चाईल्ड वेलफेयर एण्ड विजनेशमा अध्ययन गरेकी थिईन्
।

Comments
Post a Comment