टोकियो, जापान ।
जापानको स्वास्थ्य,
श्रम तथा कल्याण मन्त्रालयले कोरोना भाइरस
बिरूद्धको खोप लगाएका मध्ये थप २० जनाको मृत्युको पुष्टि गरेको छ ।
मन्त्रालयले खोप लगाएका
उनिहरुको निधन खोपकै कारण हो भन्ने सम्वन्धमा स्पष्ट भने नभइसकेको बताएको छ ।
स्वास्थ्य मन्त्रालयले मे
१२ मा आयोजित एक विशेषज्ञ समूहको बैठकमा यो रिपोर्ट पेश गरेको हो ।
२० र ९० बर्ष उमेर समुहका
महिला र पुरुषको यसै महिनाको ६ तारिखमा निधन भएको र उनिहरुले निधन अघि खोप लगाएको
मन्त्रालयले जनाएको छ ।
चिकित्सा संस्थाको रिपोर्टका
अनुसार खोप लगाएपछि सेरेब्रल हेमरेज र मुटुको चाल रोकिएपछि उनिहरुको निधन हुन
पुगेको हो । ती दुई लाई डिमेन्सिया सेनिलोसिस पत्ता लागेको थियो ।
निधनको सम्वन्धमा विस्तृत
जानकारीको अभावको कारण उनिहरुको निधन खोपकै कारण हो भनेर मूल्यांकन गर्न नसकिएको र
यसको अनुसन्धान गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ ।
मे ६ तारिखसम्ममा जापानमा
४२ लाख ३० हजार बृद्ध र स्वास्थ्यकर्मीहरुव्यक्तिलाई खोप लगाइसकिएको स्वास्थ्य
मन्त्रालयले जनाएको छ । खोप लगाएपछि हालसम्म ३९ जनाको निधन भएको एनएचके समाचार
संस्थाले उल्लेख गरेको छ ।
यसका बावदुत विशेषज्ञ समितिले सरकारलाई खोप लगाएकै कारण गम्भिर समस्या देखिएको स्पष्ट जानकारी नरहेको बताएको छ । उसले सरकारलाई खोप कार्यक्रमलाई तिब्रता दिन समेत आग्रह गरेको छ । समितिका अनुसार हालसम्म खोपकै कारण १०७ जनामा विभिन्न असर देखिएपनि निको भएको छ ।
खोप लगाएकै कारण एलर्जी
लगायत समस्या देखिएर निको भएकामा ४० प्रतिशत व्यक्ति ४० बर्ष उमेर समुहका रहेका
थिए ।
विज्ञहरुले स्वास्थ्य
अवस्था खराब रहेको तर कोरोनाको संक्रमणको भय रहेका व्यक्तिहरुलाई खोप दिनुनै
एकमात्र विकल्प रहेको बताए, तर यस्तो
अवस्थामा उनिहरुको स्वास्थ्य खराबीले कुनै कुनै अवस्थामा उनिहरुको अवस्था झन खराब
भएर निधन समेत हुनसक्छ । जापानमा हालसम्म अमेरिकी खोप निर्माता कम्पनी फाईजर ईंकको
खोप मात्र प्रयोगमा रहेको छ ।

Comments
Post a Comment