नेपालबाट गएका ६ जनामा एकहप्ता पछि जापानमा कोरोना संक्रमण पुष्टि

 








टोकियो, जापान ।

नेपालबाट फर्किएका व्यक्तिमा तोचीगी प्रान्तमा ईण्डियन संक्रामक कोरोना भाइरस संक्रमण फेला परेको छ ।

तोचिगी प्रान्तले मे १७ तारिख नेपालबाट फर्केका तीन जना व्यक्तिहरुमा नयाँ कोरोना भाइरसको ईण्डियन संक्रमण पुष्टि गरेको हो । प्रान्तका अधिकारीहरुले ईण्डियन डबल न्युटेन्ट कोरोना भाइरस संक्रमित पहिलो पटक फेला परेको बताएको छ । नेपालबाट फर्किएका कुल ६ जना नेपालीमा कोरोना संक्रमण पाइएको समाचारमा उल्लेख छ । तीन जनामा भने पुरानै प्रकारको कोरोना संक्रमण भएको बताईन्छ ।

तोचिगी प्रान्तमा २२ जना कोरोना भाइरसका बिरामी फेला परेकामा दुईवटा समुहमा एकैपटक पाइएको छ । अधिकारीहरुले संक्रामक भाइरस संक्रमण फैलिएको हुनसक्ने आशंका समेत गरेका छन् ।

ईण्डियन न्युटेन्ट संक्रमण भएका फेला परेका तीनै जना संक्रमित आफन्त हुन् । जसमा तीस वर्षका पुरुष दश बर्ष भन्दा मुनिका एक बालक र विस बर्ष उमेर समुहकी एक महिला छन् । उनिहरु मध्ये दुई जनालाई सामान्य लक्षण देखिएको र एकजनामा कुनैपनि लक्षण देखिएको छैन । संक्रमित व्यक्तिहरु यसै महिनाको सुरुवातमा जापान फर्केका हुन् । उनीहरु अन्य तीन जना आफन्तसँगै दुई दिनको फरकमा जापान फर्किएका थिए ।

नेपालबाट आउँदा कोरोना भाइरस परीक्षणको नकारात्मक नतिजा बोकेका तीन जनाको नारिता बिमानस्थलमा गरिएको परीक्षणमा समेत संक्रमण देखिएको थिएन

जापानको अध्यागमन नियमानुसार २ हप्ता घरमा सेल्फ आइसोलेसनमा बस्नुपर्ने निर्देशन अनुसार उनिहरु घरमा नै बस्दै आएका थिए । कोरोना संक्रमणजन्य संकेत देखिएपछि उनिहरुले गरेको जानकारीको आधारमा कुल ६ जना सबैको पीसीआर परीक्षण गरिएको थियो । जसमा ज्वरो सहितको लक्षण देखिएको तीन जना र कुनैपनि लक्षण नदेखिएका तीन जना गरि सबै ६ जनामानै संक्रमण भेटिएको हो ।

कोरोना भाइरस संक्रमण पुष्टिपछि भाइरसको प्रकार परीक्षण गर्दा तीन जनामा ईण्डियन डबल म्युटेन्ट कोरोना भाइरस संक्रमण पाइएको अधिकारीहरुले बताएका छन् ।

नेपालबाट पछिल्लो दुई उडानमा आएका १९/१९ जना नेपालीमा नारिता बिमानस्थलमा कोरोना संक्रमण पुष्टि भएको थियो । नेपालमा फैलिएको संक्रामक भाइरस तथा जापान आएकामा भेटिएको संक्रमणको वहावलाई ध्यानमा राख्दै जापानले नेपाल सहित ईण्डिया र पाकिस्तानबाट अर्को सूचना जारी नभएसम्मका लागि मे १४ तारिखबाट प्रवेशमा प्रतिबन्ध लगाईसकेको छ ।


Comments