काठमाडौं । जापानी दूतावास काठमाडौंले भिषा
सम्वन्धि सूचना जारी गर्दै आफ्ना सबै सेवाहरू बन्द गरिएको जनाएको छ । कोरोना भाइरस
संक्रमण बृद्धिपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा जारी भएकाले
अप्रिल २९ तारिखबाट अर्को सूचना जारी नभएसम्मका लागि सबै सेवा बन्द गरिएको
दूतावासले जनाएको छ ।
दूतावासले अप्रिल २७
तारिख साँझ एक महत्वपूर्ण सूचना जारी गर्दै अप्रिल २९ पछि अर्को सूचना जारी
नभएसम्मका लागि केवल कूटनीतिक, आधिकारिक,
जापानी राष्ट्रियता वा जीवनसाथी र आपतकालीन
आवेदनमाथि विचार गर्नसकिने जनाएको छ । यस अवधिमा भिएफएस ग्लोबलबाट हुने सबै सेवा
बन्द रहने जनाउँदै दूतावासले आपतकालिन माथि उल्लेखित सेवा यो अवधिमा दूतावासको
पानीपोखरी कार्यालयबाट मात्र स्वीकृत हुने स्पष्ट पारेको छ ।


Comments
Post a Comment