टोकियो/जापान । नेपाल सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रीय हवाई उडान रद्द
गर्ने निर्णय गरेसंगै अन्यौलतामा परेको नेपाल जापानको ६ तारिखको उडान
पूर्वनिर्धारित समयमै हुने भएको छ ।
नेपाल एयरलाइंसले नेपालबाट
६ तारिख उडेर जापानबाट ७ तारिख फर्कने तय भएको उडानको लागि नेपाल सरकारसंग विशेष
अनुरोध गरि पुर्वतालिका अनुसारनै उड्ने व्यवस्था मिलाएको हो ।
६ तारिखको उडान तालिका
अनुसार नै हुने भएता पनि ७ तारिख पछिका उडानहरु भने स्थगन हुनेछन् ।
नेपाल एयरलाइंसको जापान स्थित
कार्यलयले दिएको जानकारी अनुसार ११ तारिख आएर १२ तारिख फर्कन् र १३ तारिख आएर १४
तारिख फर्कन् २ उडानहरु भने तत्कालका लागि स्थगित हुनेछन् ।
यसपछिका उडान तालिका भने
नेपाल सरकारको निर्णय अनुसार तय हुनेछ ।

Comments
Post a Comment