जापानमा एकैदिन ४,०७१ जना संक्रमित,६० जनाको मृत्यु, अस्पत्ताल भर्ना हुनै कठिन

 




टोकियो/जापान । बुधबार ( मे ५ तारिख ) एकैदिन जापानमा ४ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

 

जापानमा पछिल्लादिन कोरोना संक्रमित संगसंगै गम्भीर प्रकृती( आईसियु मै राख्नुपर्ने)का बिरामीहरुको संख्या पनि दिनहुँ बढेको छ । बुधबार राती सम्मको अपडेट अनुसार जापानमा हाल १ हजार १ सय १४ जना गम्भीर बिरामीहरुको संघन उपचार भईरहेको छ । हरेक दिन ३० देखि ४० जनासम्मका यस्ता बिरामीहरु थपिँदै गएका छन् ।

बुधबार टोकियोमा ६२१ जना,ओसाकामा ६६८ जना,फुकुओकामा ३३७ जना,ह्योगोमा ३३१ जना,आईचीमा २२४ जना , खानागावामा १५२ जना र साईतामामा १६५ जनाको उच्च संक्रमण सहित ४७ ओटै प्रान्तहरुमा संक्रमण पुष्टि भएको हो ।

जापानमा हालसम्म,६ लाख १८ हजार ३ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १० हजार ५ सय ६० जनाले ज्यान गुमाईसकेका छन् भने,५ लाख ३९ हजार ६ सय ५ जनाले स्वास्थ्य लाभ लिएका छन् ।

अस्पत्ताल भर्ना हुनै कठिन

 

जापानको ओसाका, ह्योगो तथा होक्काईदोमा बिरामीहरुको संख्या बढि, अस्पत्तालहरु भरिभराउ भएका छन् । कति पय बिरामीहरु अस्पताल भर्ना हुने पालो कुर्दा कुर्दै मृत्युको मुखमा पुगेका छन् । टोकियो लगायतका अन्य सहरहरुमा पनि स्वास्थ्य क्षेत्रमा चर्को दवाव परेको छ ।

आपतकालिन् अवस्था थपिने

 

ओसाका, टोकियो, क्योतो तथा ह्योगोमा कायम आपतकालिन् अवस्था थप गरिने तयारी गरिएको छ । कोरोना संक्रमण नियन्त्रणमा खासै सुधार नआएपछि यहि ११ तारिख हटाईने भनिएको आपतकाल लम्बाउने तर्फ सरकारले तयारी गरिरहेको छ ।


Comments