जापानमा विगत ४० वर्षयता लगातार बालबालिकाको संख्या घट्दै गएको । १२ करोडभन्दा
बढी जनसंख्या रहेको जापानमा वृद्धवृद्धाको संख्या अत्यधिक रहेको छ । यहाँ डेढ
करोडको हाराहारीमा बालबालिका रहँदा वृद्धवृद्धाको संख्या भने साढ तीन करोडभन्दा
बढी छ ।
जापानमा सन् १९८२ देखि
बालबालिकाको संख्या घट्दै गएको छ । अहिले १४ वर्षभन्दा कम उमेरका बालबालिकाको
संख्या १ करोड ४९ लाख ३० हजार मात्र रहेको छ ।
जापानको गृह मन्त्रालयका
अनुसार कायम रहेको बालबालिकामा ७६ लाख ५० हजार बालक र ७२ लाख ८० हजार बालिका रहेका
छन् । यो संख्या कुल जनसंख्याको ११.९ प्रतिशत रहेको छ र यो अघिल्लो वर्षको तुलनामा
०.१ प्रतिशतले कम हो ।
जापानको बालबालिको संख्या
४ करोडभन्दा बढी जनसंख्या भएका देशमध्ये सबैभन्दा कम हो । अमेरिकामा सन् २०१८ मा
यो आँकला १८.६ प्रतिशत थियो भने सोही वर्ष इटलीमा १३.३ प्रतिशत रहेको थियो ।
बालबालिको तुलनामा
जापानमा ६५ वर्षभन्दा बढी उमेरका मानिसको संख्या साढे तीन करोडभन्दा बढी छ ।
जापानको कुल जनसंख्याको २८ प्रतिशत बुढ्यौली उमेरको रहेको पाइएको छ । बुढ्यौली
उमेरको यो अनुपात विश्वकै सर्वाधिक बढी हो ।

Comments
Post a Comment