काठमाडौं, नेपाल ।
नेपाल सरकारले आन्तरिक
हवाई उडान सहित सबै अन्तर्राष्ट्रिय उडान पनि स्थगन गर्ने औपचारिक निर्णय गरेको छ
। हिजो बसेको नेपाल सरकार
मन्त्रीपरिषद बैठकको निर्णय अनुसार सरकारले आज विस्तृत विवरण सार्वजनिक गर्दै
अन्तर्राष्ट्रिय उडान स्थगनको सूचना जारी गरेको छ ।
सरकारी निर्णय अनुसार
मिति २०७८ बैशाख २० गते राति १२ बजेदेखि बैशाख मशान्तसम्म नियमित आन्तरिक हवाई
उडान स्थगन हुनेछ ।
मिति २०७८ बैशाख २३ गते
मध्यरात १२ बजेदेखि बैशाख मसान्तसम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थगन हुने
भएको छ ।
स्वास्थ्य मापदण्डको
पूर्ण पालना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचीकृत
गरेको होटेलमा १० दिन अनिवार्य क्वारिन्टिनमा बस्ने गरी नेपाल भारतबीच कायम एयर
बबल सुविधा अन्तर्गत दुईतर्फी उडानहरु हप्ताको दुईवटामा सीमित गरिने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन
बोर्ड र नेपाल प्रहरीको संयुक्त टोलीले होटेल क्वारिन्टिन बसे नबसेको दैनिक अनुगमन
गरी कोभिड १९ संकट व्यवस्थापन केन्द्रमा दैनिक प्रतिवेदन बुझाउने व्यवस्था
मिलाइएको सरकारले बताएको छ ।
होटेल क्वारिन्टिन
बस्नुपर्ने यात्रुले स्वास्थ्य मापदण्डको पालना नगरे क्वारिन्टिन नबसेको पाइएका
संक्रामक रोग ऐन २०२० अनुसार कडा कारवाही गरिने भएको छ ।
यसैगरी कुनैपनि उडानमा
पिसिआर पोजेटिभ भएका यात्रुलाई बोर्डिगं पास दिई यात्रा गराएमा सो उडानका सबै
यात्रुको क्वारिन्टिन खर्च सम्वन्धित एयरलाईन्सले व्यहोर्नुपर्ने भएको छ ।
आन्तरिक र
अन्तर्राष्ट्रिय चार्टर्ड तथा उद्दार उडानको हकमा स्वास्थ्य, सुरक्षा
मापदण्डको पूर्ण पलाना हुनेगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
मन्त्रालयले उडान अनुमति जारी गर्ने भएको छ ।
चार्टर्ड र उद्दार
अन्तर्राष्ट्रिय उडानबाट आउने जाने यात्रुहरुको बारकोड र फोटो सहितको पीसीआर
रिपोर्ट अनिवार्य हुनुपर्ने नियम लागू गरिएको छ ।
नेपाल जापान हवाई उडान के
हुन्छ ?
नेपाल सरकारको नयाँ
निर्णयपछि नेपाल जापान हवाई उडान प्रभावित हुने भएको छ । हालसम्मको विवरणहरु
अनुसार मे ६ तारिख तय गरिएको काठमाडौं नारिता उडान स्थगित हुने देखिएको छ ।
तर हालसम्म यसबारेको
औपचारिक निर्णय भने नेपाल एयरलाईन्सले गरिसकेको छैन । नेपालले देशबाट बाहिरिने
भन्दापनि देश प्रवेश गर्नेमाथि कडाई गर्न चाहेकाले मे ६ तारिखको उडान भने हुनसक्ने
ठानिएको छ । नेपाल एयरलाईन्सले ६ तारिखको लागि भने सरकारसँग उडान अनुमति मागिरहेको
बुझिएको छ ।

Comments
Post a Comment