जापानमा आपतकाल लम्ब्याएसँगै १० खर्ब येन आर्थिक क्षति हुने अनुमान

 




टोकियो ।

 

जापानले कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रण गर्न आपतलकाल लम्ब्याएर यो महिनाको अन्त्यसम्म पुर्याएको छ । यसका कारण आपतकालका कारण हुने आर्थिक क्षति पनि बढेर १० खर्ब येनमा पुग्ने अनुमान गरिएको छ ।

 

यसले वर्षको उत्तराद्र्धमा अर्थतन्त्रमा स्थिर पुनःबहाली आउने आशा धूमिल बनेको अर्थशास्त्रीहरुको अनुमान छ । सरकारले शुक्रबार आपतकाल अन्य दुई प्रिफेक्चरमा विस्तार गर्नुको यसको म्याद पनि लम्ब्याएको थियो । यस अघि आपतकालका कारण ४ खर्ब येन बराबरको आर्थिक क्षति हुने अनुमान मिजुहो सेक्युरिटिजका प्रमुख अर्थशास्त्री शुनसुके कोबायाशीले गरेका थिए । अब भने म्याद थप गरिएको तीन हप्तामा थप ६ खर्ब येनको क्षति हुने अनुमान उनले गरेका छन् । जापानमा अप्रिल २५ गते देखि तेस्रो आपतकाल शुरु भएको थियो । आपतकाल यही मंगलबार सकिने क्रममा रहेको थियो । तर आइची र फुकुओकालाई पनि सो सूचिमा थप्दै आपतकालको म्याद मेको अन्त्यसम्म लम्ब्याइयो । यस अघि टोकियो, ओसाका, क्योतो र ह्योगो आपतकालनी अवस्थामा थिए ।

 

जनवरीको शुरुमा लगाइएको आपतलकाल कारण जनवरी – मार्च त्रैमासमा जापानी अर्थतन्त्र खुम्चिने अर्थशास्त्रीहरुले बताएका छन् । तर पछिल्लो घोषणाले अप्रिल–जुन त्रैमास र त्यसपछिको अवधिमा पनि आर्थिक पुनःबहालीको आशा क्षिण भएको छ । रेष्टुराँ र बार क्षेत्रमा उपभोक्ता खपत घट्दा यस्तो पुनःबहालीको आशामाथि तुषरापात हुने कोबायाशीले बताए । सरकारले संक्रमण नियन्त्रण गर्न थप आपतकालको घोषणा गर्न सकने र व्यवसायिक लगानी अनि उपभोक्ता खर्च घट्ने मेइजी यासुडा रिसर्च इन्ष्टिच्यूटमा प्रमुख अर्थशास्त्री युउची कोदामाले बताएका छन् ।

Comments