जापानी नागरिक बन्न चाहानुन्छ भने, हेर्नुहाेस् यस्तो हुन्छ जापानी नागरिक बन्ने प्रकृया

 




यस्तो हुन्छ जापानी नागरिक बन्ने प्रकृया

जापानी नागरिक बन्नका लागि वा जापानको पासपोर्ट लिनका लागि के कस्ता प्रकृयाहरु पूरा गर्नुुपर्छ भन्ने धेरै जनाको म्यासेज आएपछि यो जानकारी लेखिएको हो । हाम्रो उदेश्य  नेपाली नागरिकता त्यागेर जापानी नागरिक बन्नका लागि  तपाईलाई प्रेरित गर्नु नभई आवश्यक प्रकृयाका बारेमा बुझिने हिसावले जानाकारी दिनु मात्र हो । धेरै जनालाई एक एक गरेर जानकारी दिइरहन झन्झट भएकाले पनि यो ब्लग लेखिएको हो ।

 

जापानी पासपोर्ट लिने वा जापानमै स्थायी रुपमा बस्ने सोच सोच राख्ने पक्कै पनि तपाइ एक्लो र पहिलो व्यक्ति होइन । विश्वभरीका अधिकांश मानिसका लागि जापान उपयुक्त बासस्थान बनेको छ । विश्वमा जताततै अस्थिरता फैलिरहेको अहिलेको अवस्थामा आर्थिक र सांस्कृतिक दुवै रुपमा जापान राम्रो विकल्प बनेको छ । अर्थतन्त्र त्यति विस्तार नभएपनि अर्थतन्त्रप्रति विश्वसनीयता र यो तुलनात्मक रुपमा स्थिर छ । यहाँँ आपराधिक गतिविधि पनि नगण्य रुपमा हुने हुँदा यहाँका नागरिकले सुरक्षित पनि महसुस गर्छन् । शिक्षा र प्रविधिको क्षेत्रमा रोजगारीका सम्भावना पनि प्रशस्तै भएकाले जापानमा स्थायि रुपमै बस्न आउन चाहनेको सङ्ख्या कम छैन । तर यहाँ स्थायी रुपमै बस्नका लागि अपनाउनुपर्ने प्रकृया भने केही अव्यवस्थित लाग्छ । तर जापानी नागरिक बन्नका लागि पारिवारिक अवस्था, कौशल, करियर र आफू कहाँबाट आएको हो भन्ने कुरामा निर्भर छ ।

 

न्याचुरलाइजेशन

जापानी नागरिक बन्न आवश्यक प्रकृयाकै अर्को नाम हो न्याचुरलाइजेशन । मलाइ जापान मनपर्छ र मेरो यहाँ जागिर छ भन्ने कुराले मात्र जापानको स्थायि नागरिक बन्ने ढोका खुल्दैन । न्याचुरलाइजेशन आवेदन प्रकृया शुरु गर्नु अघिदुईओटा कुराबारे सजग हुनु आवश्यक छ । पहिलो कुरा हो आफू जापान बस्न योग्य भएको सुनिश्चित गर्ने । योग्य हुन आवश्यक कुराहरु आफूमा छन् कि छैन भन्ने कुराको पहिचान गरेर मात्र आवेदन दिनुपर्छ । नत्र तपाइको समय र पैसा दुवै खेर जान सक्छ ।

 

दोस्रो कुरा हो तपाई जापानको नागरिक नै बन्न चाहनु हुन्छ कि जापानको स्थायि रेसिडेन्सी मात्र प्राप्त गर्न चाहनुहुन्छ, त्यो पनि विचार पु¥याउनु पर्छ । जापानी नागरिक बन्नका लागि यसअघिको नागरिकता पूर्ण रुपमा त्याग्नु पर्छ तर स्थायी रेसिडेन्सीका लागि भने यो गरिराख्न आवश्यक छैन । जापानको स्थायी रेसिडेन्सिबारे पहिलेनै हामीले लेखिसकेको जानकारी पढ्न यहाँ क्लिक गर्नुहोला ।

 

अर्कोतिर नागरिक बनिसकेपछि, मतदान, सरकारी जागिरजस्ता कुरामा पनि पहुँच हुन्छ । यदि बाँकी जीवन साँच्चिकै जापानमै बिताउने हो भने मात्रै न्याचुरलाइजेशन प्रकृयामा जानु राम्रो हुन्छ नत्र यसबारे पुनः एकपटक सोच्न सकिन्छ ।

 

 

महत्वपूर्ण कुरा

 

न्याचुरलाइजेशन आवेदनपछिका कदम यस प्रकार छन्

 

– न्याचुरलाइजेशन आवेदन मूल्याङ्कनका लागि सबैभन्दा पहिला न्यायिक मामिला ब्युरो बुझाउनुपर्छ । यो मूल्याङ्कनमा १० महिनादेखि १ वर्ष वा सोे भन्दा बढी समय पनि लाग्न सक्छ ।

 

– मूल्याङ्कन सफलतापूर्वक सम्पन्न भएपछि व्यक्तिगत पहिचान कार्ड जारी गरिन्छ र तपाइको नयाँ राष्ट्रियताबारे स्थानीय महानगर कार्यालयमा सूचना दिनुपर्छ ।

 

– जापानी राष्ट्रियता अनुमोदन भएपनि फ्यामिलि रेजिष्ट्रेशन तपाइलाई दिइन्छ । रेसिडेन्स कार्ड अध्यागमन विभागमा बुझाएपछि तपाइ जापानी नागरिक बन्नुहुन्छ ।

 

– यदि तपाइले जापानी नागरिकसँग विवाह गर्नुभएको छ भने आवेदन समयमा ३ वर्षको कटौती हुन्छ । तर तपाइले आफ्नो विवाह देखावटी नभएको र पारपाचुकेपछि पनि परिवारलाई आर्थिक सहयोग गर्न तयार रहेको सुनिश्चित चाहिँ गर्नुपर्छ । यसैकारण पारपाचुके भएपनि जापानमा नागरिकता र स्थायी रेसिडेन्सी गुम्दैन ।

 

– उच्च आम्दानी भएका र उच्च कौशल भएकाहरु  ( Highly Skilled Professionals) एचएसपी) लाई विशेष प्राथमिता दिइन्छ । त्यसैकारण यदि तपाई पनि एचएसपी हो भने जापान बसेको थोरै समयमै नागरिकताका लागि आवेदन दिन सक्नुहुन्छ ।

 

– जापानमा ‘जस स्यागुइनिस’ अर्थात राष्ट्रियता जन्मले हुँदैन भन्ने कुरा मानिन्छ । त्यसैकारण यहाँ जन्मेको भरमा मात्रै नागरिकता पाउन सकिँदैन । जापानी बुबा र विदेशी महिलाबाट जन्मेको बच्चालाई उसको बुबाले बच्चाको रुपमा स्विकार गरेको खण्डमा (पारपाचुके भएपनि) स्वतः रुपमा नागरिकता पाउन सकिन्छ ।

 

यी त जापानी नागरिक बन्नका लागि जान्नुपर्ने केही कुरा मात्रै हुन् । थप जानकारीका लागि नजिकैको अध्यागमन कार्यालय वा तल दिइएको वेवसाइटमा गएर हेर्न सकिन्छ ।

 

 

शर्त

जापानी नागरिक बन्न आवेदन दिनुअघि मान्नुपर्ने शर्तहरु

१.आवेदन प्रकृया शुरु गर्ने समयसम्म जापानमा कानूनी रुपमा कम्तिमा पनि ५ वर्ष सम्म काम गरेको हुनुपर्छ । त्यस्तै सो अवधिभित्र ८० प्रतिशत समय आफू जापानमै रहेको प्रमाणित पनि गर्नुपर्ने छ । यदि सो समयमा विद्यार्थी भिसामा जापानमा पढेको समय पनि समावेश छ भने सो मान्य हुँदैन ।

 

२.आवेदनको समयमा २० वर्ष उमेर कटेको र आफ्नो देशमा पनि वयस्ककै रुपमा परिचित हुन आवश्यक छ । (कुनै कुनै राष्ट्रले २१ वर्ष नपुगेसम्म वयस्क भएको मान्दैन ) ।

 

३.जापान बसाइमा तपाइले कुनै नियम कानूनको उल्लङ्घन गरेको र कर तथा बीमा रकम नतिरेको भए आवेदन अस्विकार हुन सक्छ । ट्राफिक नियमको उल्लङ्घन जस्तो सानो कुरालाई पनि न्याचुरलाइजेशन प्रकृयामा गम्भीर अपराध मानिन्छ ।

 

४.मानसिक रुपमा ठीक हुनुपर्छ र राष्ट्रका लागि पनि सुरक्षित नै हुनुपर्छ । जापानी नागरिक बन्नका लागि राम्रो आचरण हुनुपर्ने कुराले ठूलो मान्यता राख्छ ।

 

५.पहिलाकोे राष्ट्रियता र नागरिकता त्याग्न तयार रहनुपर्छ ।

 

६. आफ्नो देखभाल स्वय् आफैंले गर्न सक्ने प्रमाणित गर्नुपर्छ । तपाइसँग स्थिर र विश्वसनीय आम्दानीको स्रोत हुन आवश्यक छ जसले तपाइ र तपाइको परिवारको पालन पोषणमा सहयोग पुगोस् ।

 

अन्त्यमा कुनै पनि देशको नागरिक बन्नका लागि त्यहाँको भाषाको राम्रो ज्ञान हुनु अति आवश्यक छ । जापानको मामिलामा पनि सोही लागू हुन्छ । लेखाइमा सामान्य ज्ञान भएपनि बोलाइ भने राम्रो हुनुपर्छ ।

Comments