एनआरएनए जापान र बाँकेबर्दिया मैत्री समाजद्वारा भेरी अंचल अस्पत्ताललाई ५ लाख सहयोग




टोकियो/जापान । एनआरएनए जापान र बाँके बर्दिया मैत्री समाज जापानको संयुक्त रुपमा गरिएको सहयोग रकम COVID -19 को संक्रमणले अती प्रभावित बाँके जिल्ला र जिल्ला स्थित भेरी अञ्चल अस्पताललाई बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल मार्फत भेरी अञ्चल अस्पताललाई सहयोग रकम हस्तान्त्रण गरिएको छ ।

 

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान ( NRNA NCC JAPAN ) ले भेरी अञ्चल हस्पिटललाई सहयोग स्वरुप ने पांच लाख ( ५००,००० ) रकम सहयोग गरेको जानकारी गराएको छ । उक्त पांच लाख रकम मध्य नेरु १२८,१४२ / – बराबरको ३० थान CPAP मास्क र ७ थान Bain Circuit हस्पिटलका स्टाफ दिनेश नेपाली र पदम अर्याललाई ४ मे , २०२१ को दिन काठमाडूमा एनआरएनए जापानका उच्च स्तरीय परिषदका सदस्य डा . सन्दिप शाक्यज्यूले हस्तान्तरण गरी पठाइसक्नु भएको र बाँकी रकम नेरु ३७१,८५८ / – र बाँके बर्दिया मैत्री समाज जापानको तर्फबाट सहयोग रकम स्वरुप नेरु १७५,००० / – गरि जम्मा ५४६,८५८ / पत्रकार महासंघ बाँकेका अध्यक्ष शदामोदर भण्डारी बाँके बर्दिया मैत्री समाज जापानका सल्लाहकार ओम प्रकाश देवकोटा र खजुरा गाउपालीका प्रमुख किस्मत कुमार कक्षपती र मधुबन नगरपालीका मेयर कृष्ण केसी बाट संयुक्त रुपमा हस्तान्तरण हुनेपनि जानकारी गराएको छ ।

 

 

Comments