टोकियो, जापान ।
यहाँ जापानमा कम्पनी
स्थापना गर्दा अपनाउनु पर्ने प्रक्रिया र लागतको विवरण दिइएको छ ।
जापानमा कम्पनीको स्थापना
गर्नको लागि तल उल्लेख गरिएका कयौं चरणहरु अपनाउनु पर्दछः
१. कार्यालयको लागि ठाउँ
खोज्ने
अधारभूत कुराहरुबारे
निर्णय गर्ने र आवश्यक कागजपत्रको तयारी गर्ने । थप जानकारीका लागि यहाँ क्लिक
गर्नुहोला । आवासीय प्रतिनिधि निर्देशक वा केही अवस्थामा तेस्रो पक्षको व्यवस्था
गर्ने जसले पूँजी जम्ममा गर्न बैंक खाता उपलब्ध गराउनेछ ।
२. इन्कर्पोरेशन
(तेइकान)को लेख तयार पार्ने
इन्कर्पोरेशनको लेख
महत्वपूर्ण दस्तावेज हो । यसले कम्पनीको व्यवस्थापन कसरी हुुन्छ भन्ने कुरा
निर्धारण गर्दछ । हरेक अवस्थाको बारेमा विस्तारमा बताउनु पर्दछ, शेयरधनी /
लगानीकर्ताको आवश्यकता र निर्देशकहरुसँगको तिनीहरुको सम्बन्ध ।
३. इन्कर्पोरेशनसम्बन्धी
लेखहरुको नोटरीकरण
(नोटरी कार्यालय / कोस्योनिन याकुबा) केकेका लागि मात्रै, जीकेको लागि
चाँहिदैंन । ( केके – 株式会社 , जेके – 合同会社 )
नाटरीकरण शुल्कः ५० हजार
येन
राजस्व छाप (यो जीकेको
लागि पनि चाहिन्छ) : ४० हजार येन (नोट)
४. पूँजी जम्मा
कम्पनीको बैंक खाता दर्ता
पूरा नभएसम्म खोल्न सकिदैंन । शुरुआती पूँजी जम्मा गर्नका लागि जापानमा बैंक खाता
भएका लगानीकर्तामध्ये एकको व्यक्तिगत खाताको प्रयोग गर्नु पर्दछ । विदेशी कम्पनीको
सहायक कम्पनी हो भने चाँहि प्रतिनिधि निर्देशकको व्यक्तिगत बैंक खाताको प्रयोग
गर्न सकिन्छ ।
५. कम्पनी दर्ताका लागि
कागजपत्र तयार पार्ने
आवेदन फारमबाहेक, दर्ता गर्न
आवश्यक कम्पनीको छाप (इन्कान)बारे सूचना, कार्यालयको जिम्मेवारी
लिएको भन्नेबारे निर्देशकहरुबाट सहमति पत्रलगायत विविध कागजपत्रहरु तयार पार्नु
जरुरी छ ।
रजिष्टरी कार्यालय /
होमुक्योकु
दर्ता शुल्कः केकेको लागि
न्यूनतम् १ लाख ५० हजार येन र जीकेको लागि ६० हजार येन ।
७. रजिष्ट्रीमा दर्ता
सम्पन्न
कम्पनी दर्ता भएपछि
रजिष्ट्री प्रमाणपत्र र कम्पनीको छापको प्रमाणपत्र लिन सम्भव हुन्छ । यो कर्पोरेट
बैंक खाता खोल्ने वा कम्पनीको नाममा व्यवसाय वा रोजगारसम्बन्धी करारमा हस्ताक्षर
गर्ने जस्ता विभिन्न अवस्थामा चाहिन्छ ।
८. कर र सामाजिक बीमासँग
सम्बन्धित प्रक्रिया इत्यादि
कम्पनीको नाममा बैंक खाता
खोल्न आवेदकको गैर जापानी निर्देशक र कर्मचारीहरुको भिसा र आवासीय हैसियत अनि
सञ्चालन गर्न अनुमति चाहिने व्यवसायको विजनेश लाइसेन्स चाहिन्छ ।
यी सबै प्रक्रियाहरुलाई
कूल २ देखि ४ हप्ता लाग्दछ । केही लगानीकर्ताहरु विदेशमा बसोबास गरिरहेका छन् भने
यो भन्दा बढी समय लाग्न सक्छ । जापनमा सञ्चालनको लागि तपाईको व्यवसायलाई पेशागत
लाइसेन्स चाहिन्छ भने व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आउन कम्तिमा २ देखि ३ महीना
लाग्दछ ।

Comments
Post a Comment