टोकियो/जापान । गत
फेब्रुअरी महिनामा, ३ जना जापानी बालबालिकाहरुलाई कुटपिट गरेको
अभियोगमा एक भारतीय नागिरक पक्राउ परेका छन् ।
टोकियोमा परेका २० वर्षिय
सोआईब अहामद नामका भारितिय नागरिकले, एदोगावा वार्ड स्थित आराखावा खोला किनारमा
खेलिरहेका प्राथमिक विद्यालय तहका बालकहरुवाई गालामा थप्पड हानेको तथा एक जना बालिकालाई
छातीमा पिटेको तथा मुसारेको अभियोग लगाईएको छ ।
अहमदले ति केटाकेटीहरुलाई
आफुलाई लाईटर चाहिएको र लाईटर कहाँ बेच्छ भनेर सोधेको र त्यसपछि, पिटेको बताईएको छ
। ति केटाकेटीहरुले प्रहरीलाई जानकारी गराएकाले घटना बाहिर आएको बताईएको छ ।
यद्यपी अहमदले,त्यस बखत आफूले मादक पदार्थ सेवन गरेको र केहि सम्झना नभएको
बताएका छन् ।

Comments
Post a Comment