टोकियो, जापान ।
जापान सरकारले संक्रामक
कोरोना भाइरस जोखिमको कारण नेपालबाट जापान प्रवेशमा प्रतिबन्धको घोषणा गरेको छ ।
यहाँको परराष्ट्र
मन्त्रालयका अनुसार नेपाल सहित ईण्डिया र पाकिस्तानबाट जापान प्रवेशमा मे १४
तारिखबाट प्रतिबन्ध लगाईएको छ । सरकारी सूचना अनुसार प्रतिबन्ध शुक्रबार मध्यरातबाट
लागू हुनेछ ।
प्रतिबन्ध लागू भएपछि
नेपालबाट जापान सैद्धान्तिक रुपमा प्रवेश पाईने छैन । यदि 'रि ईन्ट्रि' वा नयाँ भिषा
भएपनि जापान आउन रोक लाग्नेछ । तर जापानी नागरिकको हकमा भने यो प्रतिबन्ध लागू
हुनेछैन ।
जापान सरकारले विगत दुई
हप्तामा नेपाल, ईण्डिया र पाकिस्तान भ्रमण गरेका बिदेशीहरुलाई पनि प्रवेशमा
रोक लगाएको छ । ईण्डियामा दैनिक ४ लाख सेरोफेरोमा र नेपालमा ९ हजार भन्दा बढी
कोरोनाका बिरामी थपिरहेका छन् ।
सीमा उपायहरु सुदृढ गर्ने
क्रममा यस्तो घोषणा गरेको जनाउँदै जापानले आफ्ना नागरिकहरुले देश प्रवेश जारी
राख्न सक्ने जनाएको छ ।
जापानले नेपाल सहित तीन
देशबाट प्रवेशमा रोक लगाएपनि नेपालबाट तेस्रो मुलुक अर्थात् जापानले प्रतिबन्ध
नलगाएको देश हुँदै भने नेपालीहरु जापान आउन सक्नेछन् । तर यसको लागि नेपाल छाडेको
१४ दिन पुरा गर्नुपर्नेछ ।
नेपालबाट जापानले
प्रतिबन्ध नलगाएको देशमा १४ दिन बिताएर पुन उक्त देशमाथि जापानले लगाएको
नियमानुसार पीसीआर परीक्षण लगायतका प्रक्रिया पुरा गरेपछि भने जापान आउन सक्नेछन्
। त्यस्तो अवस्थामा उक्त देशबाट जापान प्रवेश गर्दा अपनाउनुपर्ने क्वारिन्टिन
लगायतका नियम पालना गर्नुपर्नेछ ।
प्रतिबन्धका वावजुत यो
उपाय देखिएपनि नेपालले अन्तर्राष्ट्रिय उडानमा लगाएको रोकका कारण यो त्यति सहज भने
देखिन्न । यसको लागि चार्टड उडान वा विशेष उडान हुने जापानले प्रतिबन्ध नलगाएका
देश पुगेर आउनसक्ने कठिन उपाय मात्र बाँकी रहेको छ ।
जापानले हाल लगाएको
प्रतिबन्ध कहिले खुल्छ भन्ने कुरा नेपालमा कोरोना संक्रमण नियन्त्रणको अवस्थामा भर
पर्नेछ । नेपालमा फैलिएको संक्रामक भाइरसको महामारी अवस्था हेर्दा कम्तिमा १ महिना
यो प्रतिबन्ध खुल्ने सम्भावना न्युन रहेको छ ।

Comments
Post a Comment