नारा/जापान । जापानको
नारा सहर स्थित एक वस्तीको बाटो गुड्दै गरेको बसमा आगलागि भएको छ ।
हिजो( मे २३ तारिख)
गुडिरहेको बसमा आफैँ आगलागि भएपछि, त्यसभित्रका यात्रु तथा कर्मचारीहरुलाई
तुरुन्तै उद्दार गर्न सम्भव भएकाले कुनै पनि मानविय क्षति भने हुन पाएन । उक्त
आगजानी कसरी भयो भन्ने बारे कारण पत्ता लागिसकेको छैन ।
दिउँसो २:३० बजेतिर नारा
सहरको तेजुकायामा आवासीय क्षेत्रमा चल्दै आएको बसमा सवार यात्रुहरुले बसभित्र केहि
जलेको गन्ध आएको थाह पाए पछि, चालकलाई जानकारी गराएका थिए ।चालकले नजिकको
स्टेसनमा रोकेर हेर्दा बसको पछिल्लो भागमा आगलागि भएको भेटियो । तत्काल सबै यात्रु
बाहिर निस्किए लगतै बसमा ठूलो आगलागी भयो । प्रहरी तथा दमकलको साहयताले झण्डै २
घण्टा पछि नियन्त्रणमा आएको आगलागीले कुनै मानविय क्षति भने हुन पाएन ।
जापानका बसमा यस्ता खाले
दुर्घटनाहरु बेला-बेलामा हुने गरेका छन् । कारण प्राय नखुलेता पनि ईन्जिनको
गडबडीका कारण हुनेगरेको बताईएको छ ।

Comments
Post a Comment