तपाइकाे जापानी भिसाको म्याद सकिएमा यसरी दिनुहाेस् आवेदन, कस्ताे भिसाकाे कसरी दिने अवेदन सम्पुर्ण जान्कारी रहित
यस्ताे हुन्छ जापानको भिसा एक्सटेन्सन गर्ने प्रकृया र आवश्यक कागजातहरु
जापानमा भिसामा उल्लेख गरिएको समय भन्दा धेरै रहन चाहने जो कोहीले पनि भिसाको
म्याद थप गर्नु पर्दछ । यसलाई प्राविधिक रुपमा बसाई अवधि थप पनि भनिन्छ । तपाई पनि
जापानमा विद्यार्थी भिसा, वर्क भिसा वा
अन्य प्रकारको कुनै दीर्घकालीन भिसामा हुनु हुन्छ र यसमा उल्लेख गरिएको म्याद
सकिएपछि पनि बसिरहन चाहनु हुन्छ भने तपाईले स्थानीय अध्यागमन कार्यालयमा भिसाको
म्याद थप गर्न आवेदन दिनु पर्दछ ।
जापानी भिसाको म्याद थपका लागि क–कसले आवेदन दिन सक्छ ?
तपाईले भिसाको म्याद थपसम्बन्धी आवेदन आफैले बुझाउन सक्नु हुन्छ । तपाईसँग
कुनै प्रायोजक छन् भने उनीहरुले पनि तपाईको तर्फबाट आवेदन पेश गर्न सक्छन् ।
जस्तैः
– अन्तरराष्ट्रिय विद्यार्थीको
तर्फबाट विद्यालयका प्रतिनिधिले आवेदन दिन सक्छन् ।
– कुनै जापानी कम्पनीमा कार्यरत
व्यक्तिको तर्फबाट उसको रोजगारदाता वा कम्पनीका प्रतिनिधिले आवेदन दिन सक्छन् ।
– तपाई जापानी नागरिकमाथि आश्रित भएर
जापानमा बसिरहनु भएको छ भने आफन्तले तपाईको तर्फबाट आवेदन दिन सक्छन् ।
– तपाईको तर्फबाट कानूनी प्रतिनिधि वा
वकिलले पनि आवेदन दिन सक्नेछन् ।
भिसाको म्याद थपका लागि मैले कहिले आवेदन बुझाउन सक्छु ?
जापानमा तपाईको बसाई अवधिको म्याद थप्न भिसाको म्याद सकिनु अघि नै आवेदन दिनु
पर्दछ । भिसाको म्याज गुज्रिनु अघि तपाईले तीन महीना (९० दिन)सम्मको लागि म्याद थप
आवेदन पनि दिन सक्नु हुन्छ ।
आवेदन कहाँ बुझाउनु पर्दछ ?
भिसाको आवेदन थपसम्बन्धी आवेदन तपाईले जापानमा बसोबास/अध्ययन गरिरहनु भएको
क्षेत्रको प्रतिनिधित्व गर्ने अध्यागमन कार्यालयमा बुझाउनु पर्दछ । यहाँ तपाईले
जापानको अध्यागमन कार्यालयको वेबसाइटमा भएका अध्यागमन कार्यालयहरु रहेको स्थानको
सूचि पनि पाउन सक्नु हुनेछ ।
भिसाको म्याद थप्न चाहिने कागजपत्रहरु के के हुन् ?
बसाई अवधि थप गर्न आवेदन बुझाउँदा आवेदनलाई समर्थन गर्ने कयौं कागजपत्रहरु पेश
गर्नु पर्दछ । बसाईको विशिष्ट उद्देश्य अनुसार आवश्यक कागजपत्रहरु पनि फरक फरक
हुन्छ । तपाईलाई आवश्यक कागजपत्रः
– बसाई अवधि थपसम्बन्धी पूरा भरिएको
आवेदन फारम (तपाईले यसलाई जापान अध्यागमन सेवा एजेन्सीको वेबसाइटबाट डाउनलोड गर्न
सक्नु हुनेछ ।)
– राहदानी
– आवासीय कार्ड
– निम्न विशेषता भएको पासपोर्ट आकारको
फोटोः
– लम्बाई चौडाईः ४ सीएम बाई ३ सीएम,
– पछिल्लो तीन महीना भित्र खिचिएको
हुनु पर्नेछ,
– पृष्ठभूमि साधा र हल्का रंगको हुनु
पर्नेछ, कुनै धर्सा वा छाँया हुनु हुँदैन,
– सिधा उभिएको हुनु पर्नेछ, मुहारको भाव पनि तटस्थ हुनु पर्छ,
– मुहार पूरै देखिएको हुनु पर्नेछ,
– तस्वीर गुणस्तर राम्रो हुनु पर्नेछ, (स्पष्ट अनि चहकिलो हुनु पर्छ),
– तपाईले जापानमा बसोबासलाई निरन्तरता
दिन वित्तीय आवश्यकता पूरा गर्नु भएको छ भन्ने प्रमाण
– यात्राको उद्देश्यसँग सम्बन्धित
कुनै अतिरिक्त कागजपत्र, जस्तैः
जापानमा विद्यार्थी भिसाका लागिः
– तपाईको शैक्षिक संस्थाले जारी गरेको
दर्ता प्रमाणपत्रको प्रतिलिपि
– तपाईको शैक्षिक संस्थाले जारी गरेको
परीक्षाफलको प्रमाणपत्रको प्रतिलिपि
– तपाईको बसाईका लागि वित्तीय
आवश्यकता पूरा भएको छ भन्ने प्रमाण
जापानमा वर्क भिसाका लागिः
– रोजगारी निरन्तररहेको प्रमाण जसमा
तपाईको रोजगारीसम्बन्धी विवरण जस्तैःतलब, पद र अवधि
खुलाइएको हुन्छ ।
– कम्पनीको दर्ता कागजपत्र
– वार्षिक आय र कर भुक्तानीसम्बन्धी
प्रमाण
जहान वा बाल भिसाः
– जापानी नागरिक वा विदेशी बासिन्दाको
परिवार दर्ताको प्रतिलिपि
– जापानी नागरिक वा विदेशी बासिन्दाको
आवासीय कार्डको प्रतिलिपि
– जापानी नागरिक वा विदेशी बासिन्दाको
आय र पेशासम्बन्धी प्रमाण जापानी नागरिक वा विदेशी बासिन्दाबाट प्राप्त
प्रत्याभूति पत्र
तपाईले यी सबै कागजपत्र एफोर आकारको कागजमा बुझाउनु पर्नेछ । धेरैजसो अवस्थामा
कागजपत्र फिर्ता नै नआउन पनि सक्ने भएकोले कागजपत्रको सक्कली प्रति बुझाउने हो कि
प्रतिलिपि भए पनि हुन्छ भन्ने कुरा चाँहि तपाईले स्थानीय अध्यागमन सेवा निकायमा
सोध्न सक्नु हुन्छ ।
भिसाको म्याद थप्न कति शुल्क लाग्दछ ?
भिसाको म्याद थपको शूल्क ४ हजार येन हो । यो तपाईले राजस्व करमार्फत तिर्नु
पर्दछ ।
भिसाको म्याद बढाउन कति समय लाग्दछ ?
भिसाको म्याद थप गर्ने आवेदन प्रक्रिया पूरा हुन दुई हप्तादेखि एक महीनासम्मको
अवधि लाग्न सक्छन् । यो समय तपाईले स्थानीय अध्यागमन सेवा निकायमा पूरा भरिएको
फारम बुझाउनु भएको दिन देखि शुरु हुन्छ ।
भिसाको म्याद थपसम्बन्धी आवेदन अस्वीकृत भयो भने के हुन्छ ?
तपाईको आवेदन अस्वीकृत भयो भने तपाईले देश छाड्न आवश्यक तयारी गर्नका लागि
अस्थायी बसाई भिसा पाउनु हुनेछ । तपाईले भिसाको म्याद थपका लागि आवश्यक शर्त पूरा
गर्नु भएको रहेनछ भने आवेदन अस्वीकृत हुन्छ । जस्तैः
– बसाई अवधिका लागि खर्च गर्न तपाईसँग
आवश्यक वित्त छैन भने,
– जापानमा बस्दा तपाईको व्यवहार
राम्रो भएन भने,
– करसम्बन्धी दायित्वको पालना गरेको
छैन भने,
– जापानको न्याय मन्त्रालयले तोकेको
भिसा वा आवासीय हैसियत सम्बन्धी मापदण्ड पूरा गरेको छैन भने,
– (तपाई विद्यार्थी भिसामा हुनु हुन्छ
भने) अध्ययनका लागि आवश्यक उपस्थिति पूरा गरेको छैन भने, आदि ।
तपाईले भिसाको म्याद थपका लागि पुनः आवेदन पनि दिन सक्नु हुन्छ । तर यसमा तपाई
सफल हुने सम्भावना भने नगण्य हुन्छ । तपाईले आफ्नो भिसाको श्रेणी परिवर्तन गर्नु
भयो जस्तै आफ्नो जहानमाथि आश्रित भिसाका लागि आवेदन दिनु भयो भने चाँहि आवेदन
स्वीकृत हुन सक्छ ।
के मैले जापानको पयर्टक भिसाको म्याद थप गर्न सक्छु ?
जापानी अध्यागमन सेवाले दू’घर्टना भयो वा अचानक बिरामी परेको जस्ता असाधारण
अवस्थामा बाहेक अन्य अवस्थाका लागि प्रायः पयर्टक भिसाको म्याद थप जारी गर्दैन ।
यद्यपि, आयरल्याण्ड, बेलायत, अष्ट्रिया, स्विटजरल्यान्ड, जर्मनी, मेक्सिको, लिचेन्स्टिनका नागरिकहरुले भने अध्यागमन
विभागले तोकेका शर्तहरु पूरा गरेका छन् भने आफ्नो भिसा छूट बसाई ६ महीनासम्मका
लागि थप्न सक्छन् ।

Comments
Post a Comment